स्वदेशी लघुवित्तले १५ प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद बिक्री गर्ने

Oct 15, 2017 merolagani

स्वदेशी लघुवित्त (SLBL) ले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । कम्पनीको संचालक समितिको असोज २७ गते बसेको लाभांस पछि हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।



स्वदेशी लघुवित्तले गत आर्थिक बर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैंया खुद नाफा कमाएको थियो । प्रस्तावित लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

सुनसरीको ईटहरीमा केन्द्रीय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी ११ करोड ५० लाख पुग्नेछ । त्यसपश्चात हकप्रद बिक्री गर्दा कम्पनी पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत चैत्रमा मात्रै तीन लाख कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।