छिमेक लघुवित्तले ४५ प्रतिशत लाभांस पारित गर्न बोलायो साधारणसभा

Oct 15, 2017 merolagani

गत आर्थिक बर्षको कमाईबाट ४५ प्रतिशत लाभांस प्रस्ताव गरेको छिमेक लघुवित्त (CBBL) ले कात्तिक २४ गते बार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९.८९ प्रतिशत बोनस सेयर तथा २५.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।



हाल छिमेकको चुक्ता पुँजी ८३ करोड ४० लाख ७१ हजार रुपैयाँ छ । लघुवित्तले २० करोड ९४ लाख दुई हजार ५१५ रुपैयाँको नगद तथा १६ करोड ५९ लाख २९ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बोनसपछि कम्पनीको पूँजी एक अर्ब नाघ्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका कात्तिक ६ गतेदेखि २४ गतेसम्म बन्द रहनेछ । कम्पनीले प्रस्ताव गरेको लाभांस पाउन र साधारणसभामा भाग लिन कात्तिक ५ गतेसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

त्यस्तै साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने १ जना संचालकको निर्वाचन गर्नेछ । यसैगरी, कम्पनीको अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब रुपैयाँ पुर्याउने, कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पनि सभामा लगिने भएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।