वेष्टन डेभलपमेन्ट बैंकले थाल्यो एकीकृत कारोबार

Oct 15, 2017 Merolgani

दाङको घोराहिमा केन्द्रिय कार्यालय रहेको वेष्टन डेभलपमेन्ट बैंक (WDBL) ले आईतबारबाट नमस्ते वित्तिय संस्था (NBSL) लाई गाभेर एकीकृत कारोबार थालेको छ ।

३४ करोड ५३ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वेस्टनले ८ करोड ४० लाख रुपैयाँ रहेको नमस्ते वित्तिय संस्था लिमिटेडलाई अाफुमा समाहित गरेकाे हाे ।

वेष्टर्नको गत चैत ३० गते सम्पन्न बैंकको १० औ बार्षिक साधारण सभा तथा नमस्तेको फागुन २७ सम्पन्न नवौं बार्षिक साधारणसभाले गाभिने प्रस्ताव पारित गरेपछि राष्ट्र बैंकले गत भदौ २८ गते गाभ्न/गाभिन स्वीकृति प्रदान गरेको थियाे ।

एक बराबर एक स्वाप रेसियोमा दुई संस्था गाभिएपछि ४३ करोड एक लाख रुपैयाँ चुक्तापूँजी कायम भएको छ । राष्ट्र बैंकले तोकेको ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न बाँकी ७ करोड रुपैयाँ गत आर्थिक बर्षको बोनसबाट पुर्याउने योजना रहेको बैंकको छ ।

बेष्टर्न डेलपमेन्ट बैंकले गत आर्थिक बर्षमा ६ करोड ९९ लाख तथा नमस्ते वित्तिय संस्थाले एक करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । दाङ, बाँके र कपिलवस्तु तिन जिल्ला कार्यक्षेत्र रहेको यो बैंकको शाखा सञ्जाल १८ पुगेको छ ।

मर्जर प्रकृयामा रहेका कारण वेस्टर्नको गत चैत २८ गतेदेखि तथा नमस्तेको चैत २७ गतेदेखि सेयर कारोबार रोक्का छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।