प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको वातावरण बन्दै गएकाले सेयरबजारमा यसको सकारात्मक प्रभाव परेको हो । अर्को कुरा धितोपत्र बोर्डले ब्रोकर मार्फत नै मार्जिन ल्याण्डिङको सेवा उपलब्ध गराउने खबरहरु सार्वजनिक भईरहदा यसको सकारात्मक प्रभाव परेको हो ।
नेप्सेमा लामो समयदेखि रिक्क्त रहेको प्रमुख कार्यकारीको नियुक्तीपछि बजार सुधारका कामहरु अगाडि बढ्ने आशाले पनि लगानीकर्तामा उत्साह जगाएको छ । अर्कातर्फ धितोपत्र बोर्ड तथा इन्भेष्टर्स फोरम लगायतले पनि बजार सुधारका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिहदा आगामी दिनमा बजार सुध्रने आशामा लगानीकर्ताले सेयर किनबेचमा तिब्रता दिएको देखिएको छ ।
आइतबार नेप्से परिसुचक ८ दशमलब २६ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय १८ अंकमा पुगेर बन्द भएको हो । १ सय ५५ कम्पनीको कारोबार कारोबार भएको बजारमा ८ लाख १४ हजार कित्ता सेयर ५१ करोड ८६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । कारोबार रकम गत बुधबारको तुलनामा १९ करोड बढी हो ।
यसदिन होटल समुहको परिसुचक सबैभन्दा बढी ३० दशमलब ९ अंकले बढेको छ । त्यस्तै बीमा समुह २६,विकास बैंक १२ दशमलब ९३,बैंकिङ समुह ८ दशमलब ६९,जलविद्युत ६,ट्रेडिङ ३ दशमलब ४६, अन्य १ दशमलब ७४ र फाइनान्स समुहको परिसुचक १ दशमलब ५५ अंकले बढेको छ ।
आइतबार डिप्रोक्स विकास बैंकको सबैभन्दा बढी १५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।त्यस्तै नागरिक लगानी कोषको १० करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
प्रोगेशिभ फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ९.६२ प्रतिशतले बढेको छ । वेस्ट फाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशत धेरेले उकालो लाग्यो । यसदिन गुह्श्वेरी मर्चेन्टको सेयरमूल्य सबैभन्दा धेरै ५.३३ प्रतिशतले ओरालो लागेको छ ।
बजारले विस्तारै सकरात्मक गति लिएपछि लगानीकर्ताको मनोबल केही बलियो बन्दा पनि बजारमा त्यसको सकरात्मक असर परेको हो । आइतबारको सेयर बजारको समग्र बजार पूँजीकरण १७ खर्ब ६२ अर्ब कायम भएको छ ।
............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................