बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संस्थापन समूह “क” बाट विनय कुमार श्रेष्ठ, तुक प्रसाद पौडेल र शाम्वा लामालाई सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरि निर्वाचित गरेको हो ।
सभाबाट पारित भएको चुक्ता पूँजीको १६ प्रतिशत बोनसपछि सानीमा बैंकको चुक्ता पूँजी ८ अर्ब नाघेको छ । बैंकले आर्थिक वर्ष २०७३/ ७४ मा एक अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको कुल सम्पत्ति ६९.९५ अर्ब, कुल निक्षेप रु ५७.७५ अर्ब, तथा कर्जा सापटी खुद रु ५१.२६ अर्ब रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७२/७३ को तुलनामा नाफा ३३.२३ प्रतिशत, निक्षेप २४.६२ प्रतिशत, तथा कर्जा सापटी २६.७६ प्रतिशत र कुल सम्पत्तिमा २५.१६ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।
सानिमाको पूँजी कोष अनुपात १५.५७ प्रतिशत, तरलता २६.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७१.६६ प्रतिशत र निष्कृय कर्जा अनुपात ०.०१ प्रतिशत रहेको छ ।
............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................