मिसन डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो २० % लाभांश, कति पुग्छ पूँजी ?

Oct 16, 2017 Merolagani

मिसन डेभलपमेन्ट बैंक (MIDBL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

बैंक सञ्चालक समितिको आईतबार सम्पन्न २७९ औं बैठकले बैंकको चुक्ता पूँजी ४३ करोड २७ लाख ३३ हजार पाँच सय रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ६५ लाख ४६ हजार ७ सय रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ४५ लाख ५५ हजार ८९ रुपैयाँ ४७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर बैंकको आठौं बार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ५१ करोड ९२ लाख ८० हजार २ सय रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षमा मिसनले ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६४ पैसा कायम गरेको छ । बैंकको सेयर प्रतिकित्ता साेमबार नेप्सेमा २६८ रुपैयाँमा हाराहारीमा कारोबार भैरहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।