वार्षिक तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागमा कर्मचारी अभाव

Oct 16, 2017 merolagani

वार्षिक रु तीन खर्ब कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन । कर्मचारी नहँुदा करदाता सेवा कार्यालयमा कर तिर्न जाँदा सेवाग्राहीले दुःख पाउने गरेका छन् ।

 

विभागले करदातामैत्री सेवा दिएको दाबी गरे पनि सेवाग्राहीले भने कर तिर्न जाँदा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारी नभएर सास्ती खेप्नुपरेको छ ।

आयकर बुझाउन करदाता सेवा कार्यालय चावहिल जाँदा बैंक भौचर भरेर आय करसम्बन्धी विवरण कम्प्युटरमा प्रवेश गराउने ठाउँमा कर्मचारी नराखी सेवाग्राहीले नै भर्नुपर्ने व्यवस्था गरिएकाले दिनभर झन्झट व्यहोर्नु परेको चावहिलका रमेश दाहालले बताए ।

“करदाता दिनभर उभिएर बस्न बाध्य छन्, कर्मचारीको व्यवस्था गरेको भए यस्तो दुःख पाउनुपर्ने थिएन”, उनले भने ।

विभागले ‘गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर’ नाराका साथ कर उठाइरहेको छ । तथ्यांक प्रवेश ९डाटा इन्ट्री० गराउने कम्प्युटरमा कर्मचारीको व्यवस्था छैन भने कर्मचारी राखिएको ठाउँमा पनि नबस्दा सेवाग्राहीलाई असजिलो हुने गरेको छ ।

विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल देशभर कर उठाउने कार्यालयमा करको तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था नगरिएको बताए । “कर अनलाइनबाट बुझाउन सकिने भएकाले र प्रविधिमा पनि एड्भान्स्ड रुपमा गइसकेकाले कर्मचारीको व्यवस्था नगरिएको हो, नजान्नेलाई सिकाउन सहयोग कक्षको व्यवस्था गरिएको छ”, उनले भने ।

गत आवमा रु दुई खर्ब ५८ अर्ब कर उठाएको विभागले चालू आवमा रु तीन खर्ब उठाउने लक्ष्य राखेको छ । विभागले ४९ कार्यालयमार्फत कर संकलन गरिरहेको छ । देशभर २२ आन्तरिक राजश्व कार्यालय र २६ करदाता सेवा कार्यालय छन् । सेवा कार्यालयमध्ये १३ उपत्यकामा तथा १३ उपत्यका बाहिर छन् ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।