एफपिओमा आवेदन गरेकामध्ये ३ हजार ७९१ जनाको भने आवेदन रद्द भएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । स्वीकृत आवेदन २ लाख ५० हजार ५२४ जनामध्ये एक लाख ५३ हजार २४ जनाले भने सेयर प्राप्त गर्न सकेनन् ।
गत भदौ २७ देखि भदौ ३० गतेसम्म ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गरेको एफपीओमा कुल दुई अर्ब ७३ करोड २२ लाख ८ सय रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । एफपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो ।
एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंकले १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा कायम गरेको छ । बैंकको सेयर सोमबार प्रतिकित्ता रुपैयाँमा कारोबार भएको थियो ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................