नेप्सेमा करिब ६ अंकको करेक्सन, कारोबारमा सामान्य सुधार

Oct 17, 2017 merolagani

सोमबार झण्डै ४७ अंकले बढेको सेयरबजारमा मंगलबार भने करिब ६ अंकको करेक्सन आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचकमा केही करेक्सन आएपनि कारोबार रकममा भने सामान्य बढोत्तरी भएको छ ।

कारोबारमा आएका अधिकांस सूचक नकारात्मक रहेपछि समग्र बजार ओरालो लागेको हो । बजार ओरालो लागेपनि कारोबार रकम नघटेकाले लगानीको मनोबल बलियो देखिएको छ ।

५.७२ अंकले घटेर १५५९.१८ अंकमा झरेको नेप्सेमा मंगलबार १६२ कम्पनीका १४ लाख १३ हजार कित्ता शेयर ६१ करोड २० लाख रुपैयाँमा कारोबार भयो।

सबैभन्दा बढी ओरियन्टल होटलको करिब पाँच करोड रुपैयाँको शेयर खरिद बिक्रि भएको छ। कम्पनीले बोनस र एफपिओ जारी गर्ने प्रस्ताव गर्दै साधारणसभा बोलाएपछि कारोबारमा बढोत्तरी आएको हो ।

मंगलबार सबैभन्दा बढी बेस्ट फाइनान्सको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।