आईसिएफसि फाइनान्सको २१ प्रतिशत लाभांश पारित

Oct 17, 2017 Merolagani

आईसिएफसि फाइनान्स (ICFC) को मंगलबार सम्पन्न १४ औं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट वितरण प्रस्ताव गरेको २१ प्रतिशत लाभांश पारित गरेको छ ।

फाईनान्सले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा बोनसमा लाग्ने कर प्रयोजन सहित ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रसताव सर्वसम्मतबाट पारित गरेको हो ।

फाइनान्सले आर्थिक बर्ष २०७३/७४ मा ६ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ५ अर्ब ४८ करोड कर्जा परिचालनबाट १९ करोड खुद नाफा गरेको थियो ।

८० करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आईसिएफसिको बोनसपछि ८८ करोड १८ लाख रुपैयाँ पूँजी कायम भएको छ । बैंकिङ्ग सेवामा पहुँच बढाउन फाइनान्सले निकट भविष्यमा नै चितवनको नारायणगढमा शाखा विस्तार गर्ने जनाएको छ ।

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।