सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद बेच्न अनुमति

Oct 18, 2017 Merolagani

सिभिल बैंक लिमिटेड(CBL) लाई नेपाल धितोपत्र बोर्डले ४० प्रतिशत हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कार्तिक १ गते हकप्रद बेच्न अनुमति प्रदान गरेको हो ।

सिभिलले १० बराबर ४ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता सेयर बिक्री गर्न लागेको हो । हकप्रद विक्रीका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ८ सय रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बाँकी ७४ करोड रुपैयाँ बैंकले चालु आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर पुर्याउनेछ । गत आर्थिक वर्षमा सिभिल बैंकले ३३ करोड ८१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसा कायम गरेको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।