चालु आर्थिक बर्षको वित्तिय विवरण निकाल्नेमा फर्स्ट माईक्रो यसपालि फेरि भयो फस्ट

Oct 19, 2017 Merolagani

६० प्रतिशतले खुद नाफा बढ्यो

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स चालु आर्थिक बर्षको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्ने कम्पनीहरुमध्ये यस बर्ष  पहिलो कम्पनी पनि बनेको छ । लघुवित्तले विहीबार सार्वजनिक गरेको वित्तिय विवरणमा दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।

गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा लघुवित्तले खुद नाफा ६०.४५ प्रतिशतले वृद्धि गरेको छ । सो अवधिमा लघुवित्तको खुद नाफा एक करोड ५० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ५३.९८ प्रतिशत र सञ्चालन नाफा ६०.४५ प्रतिशतले बढेको छ । लघुवित्तको जगेडा कोष ६८.६१ प्रतिशतले बढेर नौं करोड ६० लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फर्स्ट माईक्रोको निष्कृय कर्जा अनुपात शून्य प्रतिशत रहेको छ । प्रथम त्रैमासिक अवधिमा लघुवित्तले चार करोड आठ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा तीन करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ ।

साढे ७२ प्रतिशतले  चुक्त्ता पूँजी वृद्धि गर्दा समेत लघुवित्तकाे प्रतिसेयर अाम्दानीमा खासै गिरावट अाउन दिएकाे छैन । गत अावमा  २२ रुपैयाँ ७४ पैसा प्रतिसेयर आम्दानी कायम गरेकाे कम्पनीकाे यस त्रैमासमा  २१ रुपैयाँ १५ पैसा कायम भएको छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ पाँच पैसा, पूँजीकोष अनुपात १५.३४ प्रतिशत, तरलता अनुपात १०.९० र मूल्य आम्दानी अनुपात ३९.७५ गुणा बढी रहेको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत प्रदान गरेको छ । लघुवित्तको बुधबार प्रतिकित्ता ८४० रुपैयाँमा सेयर कारोबार भएको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।