जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद भर्ने म्याद बढायो, कहिलेसम्म भरिसक्नुपर्छ ?

Oct 19, 2017 Merolagani

जेबिल्स फाइनान्स (JEFL) ले एक बराबर एक अनुपातमा हकप्रद भर्ने म्याद बढाएको छ । फाईनान्सले यसअघि कार्तिक ५ गतेसम्म हकप्रदमा आवेदन गर्न सकिने व्यवस्था गरेमाकोमा १५ दिन थप गरेर कार्तिक २० गतेसम्म कायम गरेको हो ।

फाईनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाईनान्सको मुख्य कार्यालय न्यूरोड, उपत्यका बाहिर सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढबाट पनि यो हकप्रदमा आवेदन गर्न सकिने क्यापिटलले जनाएको छ । गत भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

जेबिल्सले असोज १ गते देखि चुक्ता पूँजी २८ करोड ८९ लाख रुपैयाँ अर्थात २८ लाख ८९ हजार ५६२ कित्ता हकप्रद सेयरको विक्री खुला गरेको थियो । 

फाईनान्सले असार २३ गतेको विषेश साधारणसभाबाट हाल जारी गरिरहेको शतप्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँको फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव  पारित गराएको छ । प्रस्तावित हकप्रदपछि फाइनान्सको पूँजी राष्ट्र बैंकले तोकेअनुसार नै ८० करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा फाइनान्सले तीन करोड ६२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा कायम गरेको छ । जसको सेयर बुधबार प्रतिकित्ता १३८ रुपैयाँमा कारोबार भएको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।