कम्पनीले लाभांश केन्द्रिय कार्यालय कालिमाटी लेखा शाखा तथा सम्बन्धित जिल्लाको कार्यालयहरुबाट वितरण हुने जनाएको छ ।
लाभांश संकलन गर्न आउँदा सेयर प्रमाणपत्र सहित सेयरधनी स्वयम् वा मञ्जुरीनामा र नागरिकताको फोटोकपि लिई आउन भनेको छ । यसभन्दा अगाडि बर्षहरुमा समेत लाभांश संकलन नगरेका सेयरधनीले सँगै लाभांश लिन सक्ने कम्पनीले जनाएको छ ।
आर्थिक बर्ष २०७२/७३ मा ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको कर्पाेरेशनको गत असार २९ गते सम्पन्न भएको कर्पोरेशनको ५० औं बार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत लगानी रहेको छ ।
................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................