तिहारका मसला किन्दै हुनुहन्छ ? हेर्नुहोस् के काे मूल्य कति ?

Oct 19, 2017 Merolagani

तिहार लागे सँगै बजारमा फूलका माला, मसला, मिठाई, रंगीचंगी बत्ती लगाएतका सामान किन्नेहरूको भीड लागेको छ । लक्ष्मीपूजाका दिन आज केही मानिसहरु घरको सरसफाई गर्न व्यस्त छन् भने केही तिहारका लागि आवश्यक सरसमान किन्न बजार निस्केका छन् ।

भाइटिकाका दिन दाजुभाईलाई टीका लगाएपछि दिइने मिठाई र मसलाहरु जहीँ तहीँका बजारमा प्रर्याप्त देखिएका छन् । आम सर्वसाधारणले प्राय तिहारमा मात्र किन्ने गरेका मसलाहरु काजू, बदाम, पेस्ता, ओखर, छोकडा, किसमिस, नरिवल, अंजिर, मिश्री लगायतका बस्तुहरुको किनवेच अत्याधिक भइरहेको छ । भाइमसलाको रुपमा चिनिने मसलाको बजार भाउ प्रति केजी हाराहारीमा यस्तो रहेको छ ।

यी मसलाहरुमा मिठाइ राखेर प्याकेट बनाई बेच्ने पनि गरिएको छ । यी प्याकेटहरु तौलका आधारमा बिभिन्न मूल्यहुने गरेको व्यापारीहरु बताउँछन । तौल र परिकारका आधारमा एक प्याकेटको मूल्य एक सयदेखि ५ सय रुपैयाँसम्म पर्ने उनीहरुको भनाई छ । मसला सँगसँगै तिहारमा मिठाइको व्यापार पनि खुबै बढ्ने गर्दछ ।

काठमाण्डौका करिब चार सय भन्दा बढी मिठाइ पसलमा ग्राहकहरुको खचाखच भीड लाग्न थालिसकेको छ । तिहारमा रोटी, खजुरी, अनरसा, लड्डु, लाखामरी, ऐचेमरी लगायतका परिकार बढी चल्ने गर्दछ । तिहारमा एकैपटक ठूलो परिणाममा मिठाई बनाइने हुनाले गुणस्तरीयतामा ध्यान नदिएको सर्वसाधारणको गुनासो रहेको छ ।

नेपालमा उत्पादित मिठाई भन्दा भारतबाट तिहारका लागि ल्याइएका मिठाइमा समस्या हुने गरेको बताइन्छ । मिठाइ व्यवसायी संघका अध्यक्ष सुमन मानन्धरले पनि गुणस्तरहीन र रंग प्रयोग गरिएका मिठाई प्रयोग नगर्न अनुरोध गरेका छन् ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।