नेपाल इन्भेष्टमेण्ट बैंक र एक्सेस बैंकबीच विप्रेषण सम्झौता

Oct 19, 2017 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंकबीच रेमिटेन्स कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले रेमिटेन्स सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतासँगै अब भारतमा रहेका नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनैपनि शाखामा गएर एकपटक फाराम भरेपछि बैंकले दिने कार्ड प्रयोग गरेर यो सुविधा लिन सक्नेछन् । यसरी पठाएको पैसा इन्भेष्टमेन्ट बैंकको ‘पृथ्वी रेमिट’ मार्फत नेपालभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिनेछ ।

रेमिट्यान्स मार्फत प्रत्येक महिना ५० हजार रुपैयाँका दरले वर्षको १२ पटकसम्म गरि ६ लाख रुपैयाँसम्म नेपालमा पैसा पठाउन सकिन्छ ।

देशभरी ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र भारतस्थित एक्सिस बैंकबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम भुक्तानी गर्ने विश्वास बैंकको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।