ज्योति विकास बैंकले कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने

Oct 20, 2017 Merolagani

ज्योति विकास बैंक (JBBL) ले राप्तीभेरी विकास बैंक (RBBBL) लाई प्राप्ती गरि कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बैंकको रजिष्टार्ड कार्यालय कमलादी काठमाडौं मै रहने जनाईएको छ ।

ज्योतिले एक बराबर एक स्वाप रेसियो अनुपातमा राप्तीभेरी विकास बैंकलाई प्राप्ती गरेको हो ।

हाल ज्योतिको चुक्ता पूँजी २ अर्ब १२ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको छ ।उता राप्तीभेरी विकासको १५ करोड ७० लाख ६४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

एकीकृत बैंकको २ अर्ब २८ करोड ६१ लाख १७ हजार रुपैयाँ चुक्ता पूँजी कायम हुनेछ ।

एकीकृत कारोबारका लागि राष्ट्र बैंकले असोज २६ गते अन्तिम स्वीकृति दिएको हो । एकीकृत भएपछि राप्तीभेरीको सम्पूर्ण चल अचल सम्पत्ति र दायित्व अब ज्योति बैंकले सकार्नेछ ।

गत आर्थिक वर्षमा ज्योतिले २६ करोड १८ लाख तथा राप्तीभेरीले एक करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न बाँकी २७ करोड रुपैयाँ बैंकले बोनस वितरणबाट कायम गर्न सक्नेछ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।