अल्पाइनले कात्तिक १६ गतेदेखि २ लाख ५९ हजार कित्ता सेयर लिलामी गर्ने

Oct 20, 2017 Merolagani

अल्पाइन डेभलपमेन्ट बैंक (ALDBL) ले हकप्रदमा अवितरित २ लाख ५९ हजार २४९ कित्ता सेयर कात्तिक १६ गतेदेखि लिलामी गर्ने भएको छ । बैंकले साधारण समूहको ७१ हजार ५७१ कित्ता र संस्थापक समूहको एक लाख ८७ हजार ६७८ कित्ता सेयर लिलाम बढाबढमा विक्री गर्न लागेको हो ।

बैंकको सेयर विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । इच्छुक बोलपत्रदाताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी तथा अल्पाइनको प्रधान कार्यालय हेटौडा–४, मकवानपुरमा कात्तिक २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि १० ले भाग जाने संख्यामा आवेदन गर्नुपर्ने हुन्छ ।

 संस्थापक समूहको बोलपत्र कात्तिक २४ गते दिउँसो २ बजे र सर्वसाधारण समूहको सोही दिन २ ३० बजे एनएमबि क्यापिटल लिमिटेड, नागपोखरीमा खोलिने जनाईएको छ ।

यसअघि अल्पाइनले असार २५ देखि साउन २९ गतेसम्म १८ लाख ३ हजार २४७ कित्ता ९६९ कित्ता सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

२६ करोड ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको अल्पाइनको हकप्रद विक्रीपछि ४४ करोड ४ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको छ । गत आर्थिक वर्षमा ६ करोड २७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

अल्पाईन डेभलपमेन्ट बैंक सेञ्चुरी बैंकसँग प्राप्ती प्रकृयामा रहेको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।