बैंक सञ्चालक समिति बैठकले सो प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड २४ लाख १२ हजार रुपैयाँ छ । १० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड ९६ लाख ५३ हजार रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ २१ पैसा छ ।