होटलले लाभांस प्रस्ताव पारित गराउनका लागि आगामी मंसिर मंसिर २८ गतेका लागि साधारण सभा समेत आह्वान गरेको छ । साधारण सभा प्रयोजनका लागि होटलले मंसिर ४ देखि २८ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।
चुक्ता पुँजी ५७ करोड ९१ लाख ८१ हजार तीन सय रुपैंया चुक्ता पूँजी रहेको होटलको बोनस बितरण पश्चात चुक्ता पूँजी ६६ करोड ६० लाख ५८ हजार रुपैंया पुग्नेछ ।
बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीहरुको नियमनकारी निकाय नभएका कारण सञ्चालक समितिले गरेको निर्णय नै अन्तिम निर्णय सरह हुँदै आएको छ । जसका कारण नियमकले कम्पनीहरुको प्रस्तावका सम्बन्धमा कुनै निर्णय वा निगरानी गर्न सक्ने अवस्था छैन ।