नेपाल बङ्गलादेश बैंकले लाभांस पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Oct 23, 2017 merolagani

नेपाल बङ्गलादेश बैंक (NBB) ले गतबर्षको कमाईबाट प्रस्ताव गरेको लाभांश वितरण गर्न आगामी मंसिर ३ गते २३ औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारणसभा बाट १२ प्रतिशत बोनस शेयर तथा ३.७९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै साधारणसभाले तीन संस्थापक र ३ सर्बसाधारण समूहबाट संचालकको निर्वाचन गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनी दर्ता पुस्तिका कात्तिक १३ गतेदेखि मंसिर ३ गतेसम्म बन्द रहनेछ ।

बैंकको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

७ अर्ब २१ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनबि बैंकको १२ प्रतिशत बोनसपछि ८ अर्ब ८ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ कायम गरेको छ ।

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।