चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा उच्च दरमा मुद्धती निक्षेप तथा कर्जा प्रवाहमा बैंकहरु उत्रिएका थिए । एभरेष्ट बैंकले उक्त समयमा मुद्धती निक्षेपमा ११ दशमलव ५० प्रतिशत व्याज दिएकोमा दोस्रो त्रैमासदेखि छ प्रतिशत मात्र कायम गर्ने भएको हो । उसले बचतमा एक दशमलव पाँच प्रतिशत व्याज दिंदै आएकोमा दुई दशमलव २५ प्रतिशत पुर्याएको छ । मुद्धती बचतको व्याज ह्वात्तै घटाएको बैंकले साधारण बचतमा व्याज बढाए पनि सकरात्मक असर बढी देखिन्छ ।
बैंकहरुले बढाएको व्याजदरका कारण गत वर्षको मध्यदेखि नै सेयर बजारमा नकरात्मक असर देखिन थालेको थियो । मुद्धती व्याजदर घटेसँगै कर्जा प्रवाहको व्याजदरमा पनि गिरावट आउने भएकाले सेयर बजारका लगानीकर्तालाई केही राहत मिल्ने देखिएको छ ।
बैंकहरुले ऋृणको आधार व्याजदरभन्दा तल झरेर कर्जा प्रवाह गर्न नसक्ने भएकाले अपेक्षित रुपमा व्याजदर अझै घट्न सक्ने देखिँदैन । तर आधार व्याजदरमा प्रिमियम थप गरेर गरिने कर्जा प्रवाहमा प्रिमियम व्याजदर घटाई दिँदा पनि लगानीकर्तालाई लाभ हुने भएको हो । एभरेष्ट बैंकको आधार व्याजदर सात दशमलव ९१ प्रतिशत रहेको छ । उसले आधार व्याजदरमा दुई प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने उल्लेख गरेको छ ।
उता सरकारको आंशिक स्वामित्व रहेको कृषि विकास बैंकका ऋणीलाई भने व्याजदर घट्दा पनि महंगो व्याज तिर्नु पर्ने देखिएको छ । बैंकको आधार व्याजदर १२ दशमलव ४१ प्रतिशत रहेका कारण ऋणीलाई कषि विकास बैंकको व्याजदर महंगो पर्ने भएको हो । राष्ट्रिय वाणिज्य बैंकले भने तल्लो विन्दुमा रहेको आधार व्याजदरमा शुन्यदेखि छ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने जनाएको छ । वाणिज्य बैंकको आधार व्याजदर पाँच दशमलव ९८ प्रतिशत रहेका कारण सेवाग्राहीलाई बैंकको व्याजरले राहत दिन सक्छ ।
जनता बैंकले भने मुद्धती बचतको व्याज घटाएर आठ दशमलव २५ प्रतिशत बनाएको छ । बैंक अफ काठमाण्डूको आधार व्याजदर धेरै भएकाले प्रिमियममा अधिक कटौती भए मात्र त्यसको सकरात्मक असर पर्ने देखिन्छ । उसको आधार व्याजदर १० दशमलव ७१ प्रतिशत छ ।
ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, प्रभु बैंक, लगायतका बैंकहरुले १२ प्रतिशतसम्म पुर्याएको मुद्धती बचतको व्याजदर आठ प्रतिशतको हाराहारीमा झरेको छ । बचतको व्याजदर घटेसँगै बैंकहरुले कर्जाको व्याजदर पनि घटाउन थालेका हुन् ।
व्यवशायमा आएको संकुचन तथा वित्तीय तरलताका कारण बैंकहरुले व्याजदर घटाउन थालेका हुन् । अहिलेसम्म केही बैंकहरुले मात्र व्याजदर घटाउँदै गर्दा बाँकी रहेका धेरै बैंकहरुका बिचमा व्याजदर घटाउने होडबाजी चल्ने देखिन्छ । तर आधार व्याजदरका कारण व्याजदरमा एकरुपता भने नहुन सक्छ ।
चर्को व्याज धानेर सेयर बजारमा लगानी गरिरहेकाहरुलाई पनि व्याजदर कटौतीको सिधा फाइदा पुग्नेछ । जसका कारण बजार अझै सकरात्मक बाटोमा उकालो लाग्न सक्ने आँकलन गर्न सकिन्छ । यसका साथै घट्दो बजारमा ऋृण लिएर सेयर किन्नेको संख्या पनि बढ्न जाने भएकाले बजारका लागि व्याजदर घटेको खबर एकदमै सकरात्मक बन्न सक्छ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................