चिलिमे हाइड्रो र छिमेक लघुवित्तको सेयरमूल्य समायोजन

Oct 23, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जले चिलिमे हाइड्रोपावर (CHCL) र  छिमेक लघुवित्त (CBBL) को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले दुवै कम्पनीले प्रस्ताव गरेको लाभांस समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

चिलीमेको १५ प्रतिशत बोनस समायोजन पछि प्रतिकित्ता सेयरमूल्य ७८८ रुपैयाँ कायम भएको छ । जसको औसत आधार मूल्य भने ९१३ रुपैयाँ छ ।

चिलिमेले कात्तिक २४ गते हुने वार्षिक साधारण १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्देछ ।

त्यस्तै छिमेक लघुवित्त विकास बैंकको पनि बोनस पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको बोनसपश्चातको मूल्य १२०५ रुपैयाँ तोकेको छ ।


कम्पनीले लगानीकर्तालाई १९.८९ प्रतिशत बोनस शेयर र २५.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको साधारणसभा कार्तिक २४ गते हुँदैछ ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।