८० प्रतिशत हकप्रदका लागि भार्गव विकास बैंकको बुक क्लोज

Oct 23, 2017 Merolagani

भार्गव विकास बैंकले ८० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले यही कात्तिक १५ गते बुक क्लोजको मिति तोकेको हो । हकप्रदमा उचालिएर बढ्दो मूल्यमा सेयर किन्नु घातक हुन सक्छ ।

बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले कात्तिक १४ गतेसम्म सेयर सुरक्षित गर्नु पर्ने हुन्छ । २६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको भार्गवको हकप्रद विक्रीपश्चात ४७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । उसले थोरै मात्र बोनस बितरण गर्दा पनि पूँजी पुग्ने भएकाले सेयर मूल्य समायोजन भए पछि सेयर मूल्य निरन्तर तल झर्न सक्छ । अब बैंकले अढाई करोड अर्थात छ प्रतिशत मात्र बोनस बितरण गर्दा चुक्ता पूँजी ५० करोड माथि हुन्छ ।
बैंकले हकप्रद निष्काशनको मिति भने निर्धारण गर्न बाँकी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।