पाँचथर ताप्लेजुङको सिमाना भएर बग्ने इन्द्रावती र काबेलीको संगम स्थलमा बाँध बाधेर ४ हजार ७ सय मिटर लामो पाइपद्वारा पानी खसालेर बिद्युत उत्पादन गर्न लागिएको हो । पाँचथरको साबिक नागी गाबिसको काबेली नदीमा पावर हाउस रहने काबेली बी वानको काम ९५ प्रतिशत पुरा भएको कम्पनीका वित्त व्यस्थापक हरि प्रसाद सुवेदीले जानकारी दिए ।
कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको छ । १३२ के भि ए क्षमताको काबेली करिडोर प्रसारण लाइनको काम पूरा भई सकेको छैन । जसका कारण सो आयोजनाले आगामी पुषबाटै विद्युत उत्पादन थाल्ने भए पनि राष्ट्रिय प्रशारणमा तत्काल जोडिने सम्भावना न्यून छ ।
यो अवस्थालाई हेरेर अरुण कोबली आफैंले प्रशारण लाइन निर्माण गरिरहेको छ । चार खण्ड मध्ये एक खण्डको ठेक्का आफैंले लिएर काम गरिरहेको सुवेदीले जानकारी दिए । उनका अनुसार दमक काबेली कोरिडोर अन्तर्गत थापाटार अमरपुर, काबेली सवस्टेशनसम्मको १३ किलोमिटर प्रसारणलाइन निर्माणको काम तीब्र गतिमा भईरहेको छ ।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले गत माघमा सबै समस्या सामाधान गराएर चार महिनामा प्रशारण लाइन निर्माण गरिसक्न निर्देशन दिएका थिए । तर विद्युत प्राधिकरण र ठेकेदार कम्पनीले स्थानीयवासीको अवरोधको कारण देखाउँदै निर्माण कार्यमा ढिलाई भएको बताउदै आएका छन् ।
गत आर्थिक बर्षमा कम्पनीले एक करोड ४९ लाख १२ हजार रुपैयाँ घाटामा रहेको वित्तीय विवरण सार्वजनीक गरेको थियो । एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको अरुण काबेलीले गत आर्थिक बर्षमा कुनै आम्दानी गर्न सकेन । यसै बर्षदेखि कम्पनीले विद्युत उत्पादन गर्ने भएकाले कम्पनीको आम्दानी बढ्ने कम्पनीको भनाई छ । कम्पनीले बिद्युत उत्पादन थालेपछि घाटा कम भएर गई जगेडा कोष धनात्मक हुने छ ।
गत असार मसान्तसम्ममा कम्पनीले आयोजनामा तीन अर्ब १६ करोड २८ लाख रुपैयाँ लगानी पुर्याएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार अरुण काबेलीसँग कुल चालु सम्पत्ति ५० करोड १५ लाख रुपैयाँ छ । कम्पनीसँग ३५ करोड ८३ लाख ४४ हजार चालु दायित्व रहेको छ । यसरी हेर्दा कम्पनीसँग खुद चालु सम्पत्ति १४ करोड ३१ लाख ८६ हजार रुपैयाँमात्र रहेको देखिन्छ ।
अरुण काबलीले एक अर्ब ८८ करोड ४७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग ऋण लिएको छ । सेयरपूँजी तथा ऋण लगानी जोडेर कम्पनीको घाटा घटाउँदा कम्पनीसँग कूल तीन अर्ब ३६ करोड ९८ लाख रुपैयाँको कोष बाँकी रहेने देखिन्छ ।
परियोजना निर्माण पूरा गर्न ४ अर्ब लाग्ने अनुमान छ । परियोजना निर्माणका लागि जलविद्युत लगानी तथा विकास कम्पनी र ६ वटा वाणिज्य बैंकहरुले कर्जा लगानी गरेका छन् । कम्पनीमा इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक र प्रभु बैंक लगायतले ऋण लगानी गरेका छन् ।
काबेली करिडोर प्रशारण लाइन नबन्दा उत्पादित विद्युत खेर गयो
करिडोर निर्माण पुरा नहुँदा पाँचथर, तेह्रथुम, ताप्लेजुङ र इलामका विभिन्न जलविद्युत् आयोजनामा उत्पादित विद्युत् खेर गइरहेका छन् । पाँचथर पावर कम्पनीद्वारा उत्पादित १५ मेगावाट क्षमताको हेवाखोला ‘ए’ जलविद्युत् आयोजना र माउन्टेन हाइड्रो नेपाल प्रालिद्वारा ३ अर्ब ६६ करोड रुपैयाँ लगानीमा निर्माणाधीन २१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् खेर गइरहेको छ ।
यस्तै अरुण काबेली पावर लिमिटेडद्वारा पाँचथर र ताप्लेजुङको सिमाना काबेली खोलाबाट निर्माणधीन २५ मेगावाट क्षमताको काबेली ‘बी १’ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणले बुटवल पावर कम्पनीमार्फत निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको काबेली ‘ए’ जलविद्युत, रैराङ हाइड्रोपावर कम्पनीको ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना खेर जाने अवस्थामा छन् ।
विद्युत अभाव चरम बन्दै गर्दा प्रशारण लाइनको अभावमा उत्पादन भैरहेको विद्युत खेर जानुलाई बिडम्बना मान्नु पर्छ । उल्लेखित विद्युत प्रशारण लाइनमा जोडिन सके विद्युत आपूर्तीमा केही राहत मिल्ने थियो ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................