फाइनान्सको गत जेठ २ गते बसेको विशेष साधारणसभाले २८१ प्रतिशत अर्थात १ बराबर २.८१ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यो प्रस्ताव अनुसार अहिले फाइनान्सको एक सय कित्ता सेयर हुनेले दुई सय ८१ कित्ता हकप्रद भर्नु पर्ने हुन्छ ।
फाइनान्सले एक सय रुपैयाँ दरले ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता सेयर बिक्री गर्नेछ ।
कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी छ हकप्रदपछि चुक्तापूँजी ८० करोड रुपैयाँ नाघ्नेछ ।
गत जेठको विशेष साधारणसभामा मर्जर तथा एक्विजिशनको प्रस्ताव समेत पारित गरेको कम्पनीले अन्तत लगानीकर्तालाई हकप्रदको भारी बोकाएर राष्ट्र बैंकको पूँजी वृद्धि योजनालाई पुर्णता दिन लागेको हो ।
फाइनान्सले हकप्रद निष्कासन तथा बिक्री गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
सोमबार कम्पनीको सेयर प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको छ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................