धितोपत्र बोर्डमा किन लाग्यो हकप्रदको चाङ ? १५ कम्पनीको हकप्रदको अवस्था यस्तो

Oct 24, 2017 MEROLAGANI

सुचिकृत कम्पनीहरुले पूँजी वृद्धिका लागि हकप्रदको बाढी चलाइ रहेका छन् । तर प्रकृयागत ढिलासुस्तीका कारण केही कम्पनीहरुको हकप्रद निष्काशन प्रकृया लम्बिएको छ । अहिले धितोपत्र बोर्डमा दर्ता भएका १५ कम्पनीको हकप्रद निष्काशनमा भएका ढिलासुस्तीलाई मेरोलगानीले केलाएको छ ।

अधिकांस कम्पनीहरु रेटिङ नगराई धितोपत्र बोर्डमा हकप्रदको आवेदन दर्ता गर्न जाने गरेको देखिएको छ । सेयर निष्काशनका लागि रेटिङ अनिवार्य भए पनि कम्पनीहरुले प्रकृया पुरा नगरी बोर्डमा आवेदन दिने गरेका हुन् । जसका कारण बोर्डले कम्पनीहरुलाई सबै विषय सुधार गर्न भन्दै पटक पटक कमेण्ट तथा पत्राचार गर्ने गरेको छ ।

हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएका १५ कम्पनीको अवस्था यस्तै विभिन्न कारणले लम्बिएको छ । लक्ष्मी क्यापिटलले हकप्रद निष्काशन गर्न लागेका सिद्धार्थ बैंक र गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद इक्रा रेटिङ नगराएका कारण कहिले स्वीकृत हुन्छ भन्ने अन्यौलता बढेको छ ।

सिद्धार्थ बैंकले तेस्रो पटक १० प्रतिशत हकप्रद निष्काशन गर्न लागेका कारण अनिवार्य रुपमा इक्रा रेटिङ गर्नु पर्ने भएको हो । असोज मसान्तसम्ममा पनि सेयर निष्काशन हुने छाँटकाँट नदेखिए पछि बोर्डले बैंकलाई रेटिङ गराउन निर्देशन दिएको छ ।

गुराँस लाइफले पनि इक्रा गराए पछि मात्र ५० प्रतिशत हकप्रद स्वीकृत हुने बोर्डले जनाएको छ । सोही अनुसार रेटिङको काम भैरहेको र केही दिनमा नै बोर्डमा कागजात पुग्ने कम्पनीले जनाएको छ ।

सिद्धार्थ क्यापिटलले नै हकप्रद निष्काशन गरिदिन लागेको ग्रीन डेभलपमेण्ट बैंकको चार सय प्रतिशत हकप्रदको सबै कागजात धितोपत्र बोर्डमा पुगेको छ । अब बोर्डले गर्ने निर्णय नै अन्तिम निर्णय हुनेछ । सिभिल बैंकको ४० प्रतिशत हकप्रद केही समय अघि मात्र स्वीकृत भएको थियो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

त्यसै गरी प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्न लागेका संग्रिला डेभलपमेण्ट बैंक र गण्डकी डेभलपमेण्ट बैंक पनि इक्रा रेटिङ गराउनु पर्ने भए पछि ढिलो गरेर हकप्रद निष्काशन गर्ने भएका छन् । बोर्डले दुवै कम्पनीलाई रेटिङ गराएर कागजात बुझाउन निर्देशन दिएको थियो ।

दुवै बैंकहरुको इक्रा रेटिङको काम भैरहेको प्रभु क्यापिटलले जनाएको छ । सांग्रिलाले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत तथा गण्डकीले २५ प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।

प्रभु क्यापिटलले बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्न लागेको कर्णाली डेभलपमेण्ट बैंकको भने वित्तीय विबरण चित्त बुझ्दो नभएका कारण हकप्रद स्वीकृत भएको छैन । गत चैतदेखि वित्तीय विबरण बोर्डमा बुझाए पनि बोर्डको कमेण्टमा वित्तीय अवस्था सुधार नभएको प्रतिकृया बोर्डले दिएको छ । अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरण बुझाए पछि मात्र कर्णलीको दुई सय २५ प्रतिशत हकप्रदका सम्बन्धमा धितोपत्र बोर्डले निर्णय गर्नेछ । प्रभु क्यापिटलले केही दिनमा नै लुम्बिनी विकास बैंकको हकप्रदको आवेदन धितोपत्र बोर्डमा दर्ता गराउँदैछ ।

उता सनराइज क्यापिटलले निष्काशन गरिदिन लागेको प्रभु बैंकको ४० प्रतिशत हकप्रद पनि लामो समयदेखि अड्किएको छ । सनराइज क्यापिटलका अनुसार सबै प्रकृया पुरा गरेर केही दिन अघि बोर्डमा कागजात बुझाई सकिएको छ । अब बैंकको हकप्रद अन्तिम स्वीकृतिको पर्खाईमा छ ।

एनआईबिएल क्यापिटलले हकप्रद निष्काशन गर्न लागेका सहारा विकास बैंक र एशियन लाइफ इन्स्योरेन्स पनि रेटिङ नगराएकै कारण हकप्रद निष्काशनमा ढिलासुस्ती भएको छ । बोर्डले दुवै कम्पनीलाई रेटिङ गराउन निर्देशन दिए पछि प्रकृया अघि बढेको कम्पनीहरुले जनाएका छन् । रेटिङको प्रकृया अघि बढिसकेको भन्दै दुवै संस्थाले छिट्टै बोर्डमा कागजात बुझाउने बताएका छन् ।

सहारा विकास बैंकले दुई सय ५० प्रतिशत तथा एशियन लाइफले ५० प्रतिशत हकप्रदका लागि बोर्डमा आवेदन दिएका थिए । सेन्ट्रल फाइनान्सको भने सबै कागजात बोर्डमा पुगिसकेको छ । अब बोर्डले अन्तिम स्वीकृति दिन बाँकी रहेको छ ।

सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा हकप्रद निष्काशन गर्न लागेका अपी पावरको बेग्लै फण्डा छ । साधारण सेयर जारी गरेको दुई वर्ष नपुगेका कारण उसको दुई सय प्रतिशत हकप्रद रोकिएको हो ।

श्रीराम सुगर मिल्सको हकप्रद केही दिन पहिले मात्र बोर्डमा दर्ता भएकाले बोर्डले कमेण्ट पठाएको छैन । मिल्सले तीन सय प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

८३ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले बल्ल कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भएको पूँजी वृद्धिको बुँदा उल्लेख भएको प्रबन्धपत्र धितोपत्र बोर्डमा बुझाएको छ । अब फाइनान्सको हकप्रदमा बोर्डले प्रारम्भिक अध्ययन सुरु गर्नेछ ।

६ सय प्रतिशत हकप्रदका लागि बोर्डमा आवेदन दिएको एभरेष्ट इन्स्योरेन्सका सम्बन्धमा कुनै प्रकृया अघि बढेको छैन । बोर्डले कमेण्ट पठाए पछि मात्र हकप्रद स्वीकृतिको चरणमा प्रवेश गर्नेछ ।

एनआईसी एशिया क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएको प्रुडेन्सियल इन्स्योरेन्सले पनि बोर्डको निर्देशनमा इक्रा रेटिङ गरेर धितोपत्र बोर्डमा पठाएको छ । अब बोर्डले अन्तिम स्वीकृति दिन्छ वा अरु थप प्रकृया गर्न लगाउँछ केही दिनमा थाहा हुन्छ ।

किन हुन्छ ढिलासुस्ती ?

सुचिकृत कम्पनीहरु धितोपत्र बोर्डले सहजीकरण नगरेका कारण हकप्रद निष्काशनमा ढिलाई हुने गरेको बताउँछन् । हकप्रद निष्काशनका दौरान कम्पनीको अवस्था पारदर्शी बनाएर सेयर निष्काशन गर्न दिनु पर्ने भए पनि जबरजस्ती गर्ने गरेको आरोप कम्पनीहरुको छ । तोकिएको मापदण्डमा बोर्ड आफैं अन्यौलमा पर्ने गरेका कारण कतिपय कम्पनीहरुको हकप्रद वर्षैंसम्म स्वीकृत नहुने गरेकोतर्फ उनीहरुले बोर्डको ध्यानाकर्षण गराएका छन् ।

धितोपत्र बोर्डले भने पक्का काम गराउनका लागि सबै कागज बोर्डमा प्राप्त नहुञ्जेल प्रकृया अघि नबढाएको प्रतिकृया दिएको छ । केही समय पहिले कम्पनीहरुको सहजताका लागि कागजात प्राप्त नहुँदा पनि प्रकृया अघि बढाउँदा कम्पनीहरुले झनै अलमल गर्ने गरेकाले पहिले नै सबै कागजात माग गरिएको बोर्डले प्रष्ट पारेको छ । उसले समस्या परेको भए सहजीकरणका लागि बोर्डसँग छलफल गर्न पनि कम्पनीहरुलाई आग्रह गरेको छ ।

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।