सिद्धार्थ बैंकको हकप्रदमा एक्कासी किन लाग्यो ब्रेक ?

Oct 24, 2017 Merolagani

सिद्धार्थ बैंक (SBL) ले निष्काशन गर्न लागेको १० प्रतिशत हकप्रद प्रकृयागत ढिलासुस्तीका कारण अझै लामो समय पछि मात्र स्वीकृत हुने भएको छ । तेस्रो पटक निष्काशन हुन लागेको हकप्रदका लागि अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने भएकाले हकप्रद प्रकृयामा ब्रेक लागेको हो ।

राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन तोकिएको समयसम्ममा हकप्रद निष्काशन गर्ने बैंक तथा वित्तीय संस्थालाई क्रेडिट रेटिङ गर्नु नपर्ने व्यवस्था गरिएको थियो । असार मसान्तसम्ममा बोर्डमा हकप्रदका लागि आवेदन दिएका बैंक तथा वित्तीय संस्थाको हकमा मात्र उक्त व्यवस्था लागू हुने भन्दै धितोपत्र बोर्डले बैंकलाई क्रेडिट रेटिङ गराउन भनेको हो । बोर्डले कात्तिक छ गते कमेण्ट पठाउँदै बैंकलाई यस्तो निर्देशन दिएको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बोर्डले कमेण्ट मार्फत दिएको निर्देशन अनुसार बैंकले क्रेडिट रेटिङको काम सुरु गरि सकिएको जनाएको छ । यस अघि बैंक तथा वित्तीय संस्थाले धितोपत्र बोर्डमा हकप्रद आवेदन गरेको केही दिनमा नै स्वीकृत हुने गरेको थियो । अब त्यो अवस्था अन्त्य भएका कारण बैंकको हकप्रद निष्काशनमा ढिलाई हुने भएको हो । यसको असर बैंकको लाभांस प्रस्तावदेखि साधारण सभा बोलाउने सम्बन्धमा पनि पर्ने देखिएको छ ।

बैंकले गत भदौ १९ गते हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो । उक्त हकप्रद जारी गर्ने प्रस्ताव गत असार १८ गते सम्पन्न विशेष साधारणसभाबाट बैंकले पारित गरेको थियो ।

६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ चुक्त पूँजी रहेको बैंकको हकप्रद पश्चात चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख रुपैंया नाघ्नेछ । आठ अर्ब पूँजी कायम गर्न अपुग रकम बैंकले गत आर्थिक बर्षको नाफाबाट बोनस वितरण गर्नु पर्ने हुन्छ । तर उल्लेखित हकप्रद निष्काशन भएर सुचिकृत नभएसम्म बैंकले यो प्रकृयामा जान सक्ने अवस्था छैन ।

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।