प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो साधारण सभा, कहिले तोक्यो बुकक्लोज ?

Oct 24, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले लाभांस प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । उसले सञ्चत नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । इन्स्योरेन्स सञ्चालक समितिको गत असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले लाभांस प्रस्ताव गरेको थियो ।

उक्त लाभांस प्रस्ताव पारित गर्नका लागि इन्स्योरेन्सले आगामी मंसिर १ गते साधारण सभा आह्वान गरेको हो ।

साधारण सभा प्रयोेजनकालागि कम्पनीले कात्तिक १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । कम्पनीको बोनस सुरक्षित गर्न चाहने लगानीकर्ताले कात्तिक १६ गते बिहीबारसम्ममा सेयर खरिद गरिसक्नु पर्छ ।

प्रुडेन्सियलले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १।०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ ।

बोनस वितरणपछि कम्पनीको चुक्त्ता पूँजी ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको ३० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त हकप्रद स्वीकृत भएको खण्डमा कम्पनीको चुत्तःँ पूँजी ६४ करोड १५ लाख २० हजार रुपैंया पुग्नेछ । बीमा समितिको निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तमा एक अर्ब पूँजी कायम गर्नुपर्नेछ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।