इन्भेष्टमेन्ट बैंक सबैभन्दा बलियाे बन्दा, के भन्छन् लगानीकर्ता ?

Oct 24, 2017 Merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले प्रस्ताव गरेको १५ प्रतिशत बोनस तथा २५ प्रतिशत नगद लाभांश मंगलबार सम्पन्न साधारण सभाले अनुमोदन गरेको छ । बैंकको साधारणसभामा बोल्ने अधिकाशं लगानीकर्ताले कम्पनी सचिव सुधीरमान शाक्यले लाभांश घोषणा गर्दा गरेको गल्तीलाई बैंकले हल्का रुपमा लिएको र यस्तो गल्ती उत्कृष्ट मानिएको बैंकबाटै हुनुलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् । 

साधारण सभामा बोल्दै सेयरधनीहरू अशोक उप्रेती,गुणराज भट्ट, डम्बरबल्लभ घिमिरे,र डिल्लीराम नकर्मीले बैंकले लाभांश प्रकरणमा गल्तीलाई संवेदशनशील रुपमा लिन र पछिल्लाे समय बढेकाे स्विफ्ट ह्याकिङ जस्ता असुरक्षाबाट  निक्षेपकर्ताको रकमकाे सुरक्षाकाे आवश्यक प्रबन्ध मिलाउन समेत बैंक सञ्चालक समितिको ध्यानाकर्षण गराएका छन् ।

अर्का सेयरधनी शिवप्रसाद पौडेलले बैंकले आधुनिक सुरक्षा व्यवस्था अपनाउन, जलविद्युत्त, अपस्ताल तथा लघुवित्तमा लगानी बढाउनुपर्ने बताए । गुणराज भट्टले दशमलवमा आएको सेयर, पूर्णांकमा वितरण गर्न आग्रह गरे ।

सेयरधनी बैजनाथ रौनियार तथा इन्द्रकृष्ण श्रेष्ठले बैंकको गैह्र बैंकिङ सम्पत्ति बढ्नु तथा असुली कमी हुनुलाई बैंकले गम्भीर रुपमा लिनुपर्ने बताए ।

सेयरधनी रोगन बहादुर पराजुली क्षेत्रीले बैंकको कर्मचारी खर्च, कर्मचारी तालिम खर्च र पत्रपत्रिका तथा अन्य खर्च बढेकाले बैंकले यसतर्फ ध्यान दिन आग्रह गरे ।

सभामा उठेका प्रश्नहरुको जवाफ दिँदै बैंक सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले लाभांश घोषणा गर्दा भएको गल्ती मानवीय गल्ती भन्दै बजारलाई प्रभावित पार्न वा जानीजानी गरेको गल्ती नभएको स्पष्टिकरण दिए । उनले पछिल्लो समयमा भएको स्वीफ्ट ह्याकिङ प्रकरणमा बैंकले सक्दो सुरक्षाको प्रबन्धको व्यवस्था गर्ने समेत बताए ।

अध्यक्ष पाँडेले विशेष साधारणसभा र सुरक्षा सावधानी अपनाउन चिप बेस एटीएम कार्ड, सूचना खर्च र एस डेभलपमेन्ट बैंकसँगको एकीकरणले सेयर धनीको संख्यामा भएको वृद्धिले पनि खर्च बढेको बताए । उनले केही व्यक्तिगत जमानीमा कर्जा प्रवाह गरिएको कारणबाट निष्कृय कर्जा अनुपात बढेपनि बैंकले यसलाई निश्चित दायरामा ल्याउने बताए ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले साधारणसभाका लागि असोज १८ गते सेयर धनी पुस्तिका बन्द गरेको थियो । साधारण सभाले पारित गरेको लाभांस उक्त दिन भन्दा पहिले सेयर खरिद गर्नेले मात्र पाउने छन् ।

एस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको इन्भेष्टमेन्ट बैंकको हाल चुक्ता पूँजी ९ अर्ब २४ करोड रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड रुपैयाँ नाघ्नेछ । यससँगै चुक्त्तापूँजी तथा निक्षेप संकलनका आधारमा इन्भेष्टमेन्ट बैंक नीजि क्षेत्रकाे सबैभन्दा बलियो बैंक बनेको छ ।

बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६८ पैसा कायम गरेको थियो ।

साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेगरि पृथ्वीबहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्यप्रकाश श्रेष्ठ र कविकुमार टिवरेवालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।