सेयरबजार स्थीर, टेलिकमको सेयरमूल्य बढेर उच्च कारोबार

Oct 24, 2017 merolagani

मंगलबारको सेयरबजार स्थिर देखिएको छ । कारोबारमा आएका अधिकांस समूहमा गिरावट आएपनि टेलिकम समावेश अन्य, बीमा र उत्पादन समूह सकारात्मक रहदा नेप्से ओरालो लाग्न पाएन । तर वाणिज्य बैंक समूहको सूचक भने ९ अंक बढीले ओरालो लागेको छ ।

मंगलबार नेप्से परिसूचक ०.६६ अंकले घटेर १५६७.६४ अंकमा झरेको छ । सूचक एक अंक कमले तल झरेपनि टेलिकमको कारोबार उच्च भएपछि कारोबार रकममा सुधार आएको छ ।

मंगलबार १५९ कम्पनीको झण्डै ४७ करोड बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ७ करोड बढी हो ।

यसदिन नेपाल टेलिकमको मात्रै ९ करोड १३ लाख बराबरको कारोबार भयो । टेलिकमको सेयरमूल्य समेत ५.४९ प्रतिशतले बढेर प्रतिकित्ता ८६५ रुपैयाँ पुगेको छ । टेलिकमले लाभांस घोषणा गर्ने दिन नजिकदै जादा लगानीकर्ता यसतर्फ आकर्षित हुन थालेका छन् । कम्पनीले बोनस भन्दा पनि नगद लाभांस दिने गरेको छ ।

बजारलाई प्रभाव पार्ने वाणिज्य बैंक लगायतको सूचकहरु बढ्न नसकेको अवस्थामा कतिपयले नेपाल टेलिकमको मूल्य बढाएर बजार बढाउने प्रयास गरिएको समेत विश्लेषण गर्न थालेका छन् । तर कम्पनीले सुधारका कार्यक्रमसँगै रणनीतिक साझेदार भित्र्याउने प्रयासहरु थालेको खबरहरुले पनि लगानीकतालार्ई उत्साहीत बनाएको हुनसक्छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कारोबार रकमका आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र ग्लोबल आइएमई बैंक परेका छन् । ग्लोबल आइएमई बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन परेकाले पनि कारोबार बढेको हो ।

कारोबारमा आएका नौ उपसुचकमा ६ समूह घटेका छन् भने तीन समुह भने बढेका छन् । वाणिज्य बैंक ९.२, व्यापार ३.२९, होटल १४.५७, विकास बैंक ११.६४, जलबिद्युत १९.३ र फाइनान्स १.७८ अंकले घटेका छन्। बीमा २१.९, उत्पादन मुलक ८.९३ र अन्य ४१.९३ अंकले बढेका हुन्।

मंगलबार सबैभन्दा धेरै मल्टिपर्पोज फाइनान्सको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै प्रोगेशिभ फाइनान्स, युनाईटेड फाइनान्स, खानिखोला हाइड्रो तथा नेपाल टेलिकम लगायतको सेयरमूल्य बढेको छ ।

छिमेक लघुवित्त विकास बैंकका शेयर धनीले सबैभन्दा धेरै चार प्रतिशतले गुमाए। काबेली विकास बैंक, जानकी फाइनान्स तथा सप्तकोशी डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य घटेको छ ।

 

 

----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।