सनराईज सहित दुई विकास बैंकको आधार ब्याजदर परिवर्तन, निक्षेप तथा कर्जा व्याजदर कति ?

Oct 24, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै सनराईज बैंक, गरिमा विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले पनि आफ्नो व्याजदरमा कटौती गर्दे नयाँ व्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले असोज महिनाको आधार ब्याजदर घटेको भन्दै व्याजदरमा कटौती गरेका हुन् । जसले सेवाग्राहीलाई राहत मिल्ने भएको छ । 

सनराईज बैंक (SRBL) का अनुसार उसको आधार ब्याजदर १० दशमलव ८२ प्रतिशत छ । बैंकले उक्त आधार व्याजदरमा २ प्रतिशतदेखी ६ प्रतिशतसम्म प्रिमियम थप गरी नयाँ कर्जा व्याजदर लागू गर्ने भएको हो । 

बैंकले सबै प्रकारका आधार मूल्यमा लेन्डिङ्ग कर्जामा ६ प्रतिशत, क्रेडिट कार्डमा आधारधित कर्जामा मासिक २ प्रतिशत, मुद्धत्ति निक्षेपमा प्रदान गरिने कर्जामा कुपन रेटमा २ प्रतिशत वा आधारमूल्यमा २.५ प्रतिशत थप प्रिमियम जोड्दा जुन बढी हुन्छ त्यस रेटमै कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले कुनैपनि ठुला आयोजना तथा परियोजनाहरुमा प्रबाह हुने व्याजदर आपसी समझदारीमा तय हुने जनाएको छ ।

सनराईज बैंकले मंगलबार सार्वजनिक गरेको सूचनामा बचतमा न्यूनतम ४ देखी अधिकतम ६ प्रतिशतसम्म तथा मुद्दती निक्षेपमा व्यक्तिगत ६ महिना अवधिमा न्यूनतम ७ प्रतिशतदेखी सनराईज महामुद्धतिमा अधिकतम ८ दशमलव ५० प्रतिशतसम्म व्याजदर प्रदान गर्ने बताएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

गरिमा र एक्सेलले पनि गरे ब्याजदर परिवर्तन

दुई वटै विकास बैंकमा गरिमा विकास बैंकको आधार व्याजदर ११.८७ प्रतिशत तथा एक्सेल डेभलपमेन्ट बैंकले ९.४० प्रतिशत आधार व्याजदर कायम गरेको छ । गरिमाले ५ देखि ९ प्रतिशत तथा एक्सेलले थप ६ देखि ८ प्रतिशत प्रिमियम थप गरि कर्जा परिचालन गर्ने जनाएको छ ।

गरिमा विकास बैंक (GBBL) ले मुद्धति निक्षेपमा आधारित रहेर प्रदान गरिने कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रबाह गर्ने भएको छ । सामूहिक जमानीमा प्रबाह गर्ने लघुवित्त कर्जा आधारमूल्यमा ९ प्रतिशत प्रिमियम थप गरि प्रबाह हुने र थोक कर्जा प्रबाह गर्ने लघुवित्तलाई प्रबाह गर्ने कर्जा व्यादर सम्झौताअनुसार हुने बैंकले जनाएको छ । अन्य सबै प्रकारको कर्जामा आधारमूल्यमा ५ प्रतिशत प्रिमियम थप गरि प्रबाह गर्ने बैंकले जनाएको छ ।

गरिमाले बचतमा ६ देखि ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । मुद्धति निक्षेपमा ९ देखि ११.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले पनि आधार व्याजदर ९ दशमलप ४० प्रतिशतमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्ने सूचना प्रकाशित गरेको छ । उसले प्रकाशित गरेको विभिन्न कर्जा योजना मध्येमा आधार व्याजदरमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा परिचालन गर्ने भएको छ ।

एक्सेल बैंकले बचत तर्फ भने साधारण बचतमा न्यूनतम ४ देखि अधिकतम ६ प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ । मुद्धति बचतमा भने एक्सेलले ६ देखि १०.५० प्रतिशतसम्मको व्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी युवा तथा साना व्यवसायी स्वरोजगार कोष कर्जामा करार बमोजिम, युवा तथा साना व्यवसायी कृषि कर्जामा राष्ट्र बैंकले तोकेबमोजिम, र मुद्धत्ति रसिद धितोमा मुद्धत्ति खाताको ब्याजदरमा थप ३ प्रतिशत वा न्यूनतम ११ प्रतिशत कायम हुने बैंकको सूचनामा उल्लेख छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।