भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद कात्तिक २४ गतेदेखि

Oct 25, 2017 merolagani

भार्गव विकास बैंक लिमिटेड (BHBL) ले ८० प्रतिशत अर्थात १०ः८ को अनुपातमा निष्कासन गर्न लागेको हकप्रद शेयरको कात्तिक २४ गते देखि बिक्री खुल्ला हुने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यका २१ लख १२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बैंकको हकप्रदमा कात्तिक २४ गते देखि मंसिर २८ गतेसम्म आवेदन गर्न पाईनेछ ।

कात्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक १५ गते सेयरधनी दर्ता किताब बन्द गर्देछ ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबि क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा भार्गव विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र एनएमबि बैंक विभिन्नको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी २६ करोड ४० लाख रहेको छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४७ करोड ५२ लाख पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।