नेपाल स्टक एक्सचेञ्चले बैंकको १० प्रतिशत बोनसलाई समायोजन गरि समायोजित सेयरमूल्य ३५४ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार बैंकको सेयर कारोबार बुधबार ३५४ रुपैयाँमा खुल्नेछ ।
बैंकको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा बैंकको औसत आधारमूल्य ३७१ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।
आठ अर्ब आठ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १० प्रतिशत बोनसपछि आठ अर्ब ८८ लाख ८३ हजार रुपैयाँ चुक्तापूँजी पुग्नेछ ।
गत आवमा बैंकले दुई अर्ब तीन करोड ८१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा कायम गरेको छ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................