वीरगञ्जमा लगानी भित्र्याउनुहोस्, सुरक्षाको जिम्मा मेरो: विजय सरावगी, मेयर, वीरगञ्ज महानगरपालिका

Oct 25, 2017 merolagani

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगर पालिकाको मेयर पदमा लोकप्रिय मतले विजयी भएका संघीय समाजवादी फोरमका विजय कुमार सरावगी अहिले निकै व्यस्त छन् । लामो समय कर्मचारी तन्त्रले चलाएको महानगरको लथालिङ्ग प्रशासनलाई व्यबस्थापन गर्नु एकातिर छ भने अर्कातिर चुनावताका आफूले बाँडेका वाचालाई पूरा गर्नु पनि सरावगीका सामु चुनौति छ । 

त्यसो त निर्वाचित भएको एक महिना बित्यो तर निर्वाचनमा जनतासामु गरिएका बाचा अनुरुपका काम सुरु नगरेको भन्दै गुनासाहरु पनि पोखिन थालेका छन्। सिङ्गो देशकै घाँटीको रुपमा रहेको वीरगञ्ज महानगरको नेतृत्व लिन जनतासामु गरेका वाचा पूरा गर्न सरावगी के–के गर्दैछन ?यिनै समसामायिक  विषयमा मेरोलगानी डटकमकालागि नवीन ढुंगानाले मेयर सरावगीसँग गरेको कुराकानीको सम्पादित अशं ।

वीरगञ्ज महानगरलाई आर्थिक राजधानी बनाउने तपाँईका योजना के के हुन ? कसरी काम सुरु गर्दै हुनुहुन्छ ?

वीरगञ्ज पहिल्यैदेखि आर्थिक राजधानी हो । तर बिचको केही समयमा बिग्रन पुग्यो । र अब फेरि आफ्नो ट्रयाक आउदै मा छ । मैले मेयरको जिम्मेवारी सम्हालेपछि थालेको पहिलो प्रयास वीरगञ्जलाई गन्तव्यको वीरगञ्ज बनाउने दिशामा केन्द्रीत छ । भई राखेको उद्योग, कलकारखाना र व्यवसायसंगसंगै अरु नयाँ लगानीहरु कसरी आकर्षित गर्ने, वीरगञ्ज भित्रिएका लगानीकर्ताहरुलाई कसरी सुरक्षाको अनुभूति दिलाउने भन्ने कुरा मेरो प्राथमकितामा छ । व्यवसाायीको सुरक्षाकालागि मेरा सबै संयन्त्र परिचालन गर्नेछु ।

दोस्रो वीरगञ्जलाई मनोरञ्जनको हबको रुपमा विकास गर्ने मेरो लक्ष्य हो । शिक्षा, स्वास्थ्य जस्ता नागरिकका आधारभूत हकहरुको सर्वसुलभता र सहजता मेरो नियमित र निरन्तर कार्य हो । वीरगञ्ज एउटा ट्रान्जीटको नगर हो । नेपालका मुख्य शहरमा आयातको महत्वूर्ण नाकाको रुपमा रहेको वीरगञ्जलाई ट्रान्जीट हबको रुपमा विकास गर्न म लागि परेको छु ।

ट्रान्जीटलाई सहज र सरल बनाउन धेरै काम गर्न बाँकी छ । गोदामहरु व्यवस्थित छैनन् त्यस्लाई फराकिलो बनाउनु पर्नेछ । अर्को महत्वपूर्ण कुरा यो महानगरको मेरुदण्ड कृषि हो । ग्रामीण क्षेत्रमा कृषि पेशामा अाबद्ध जनताहरुले आफ्नो मेहनत अनुसारको प्रतिफल पाउन सकेका छैनन् । कृषिलाई प्रतिफलमुखी बनाउने कार्यक्रमहरु सञ्चालन गर्दैछु ।

कस्ता कुरा जनतालाई हस्तान्तरण गर्दा नागरिकले प्रतिफल कमाउन सक्छन त्यता म जोड दिनेछु । जसले रोजगारी बढाउने छ र आर्थिक रुपमा जीवनस्तर उकास्ने छ भन्ने मेरो विश्वास हो । घरायसी कामकाजमा अल्झेका महिलाहरुको समय सदुपयोग गर्दै उनीहरुलाई रोजगारी प्रदान गर्ने मेरो प्राथमिकतामा पर्छ ।

महानगर बोर्डमा तपाँईको दलको स्पष्ट बहुमत छैन । यत्रो महत्वकाँक्षी योजना सम्पन्न गर्न सम्भव होला ?

हामी बिभिन्न दलका प्रतिनिधि भएर महानगरको चुनावमा होमिएका थियौँ । निर्वाचनपछि हामी महानगरको साझा प्रतीनिधि बनेका छौँ । हामी सबै जना मिलेर वीरगञ्जको मुहार फेर्न लाग्नु पर्छ र लाग्छौँ । हामी बिचमा बहुमत अल्पमत जस्ता विषयको बिभेद र निषेध छैन र हुने पनि छैन । म सबैलाई मिलाएर अगाडी बढ्न सक्ने सरल मान्छे हुँ । वीरगञ्जको मुहार फेर्न सकिन्छ भन्ने दृढ विश्वास हाम्रो महानगर बोर्डमा छ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

वीरगञ्जको पुराना १९ वटा वडाहरुका जनताले अझै राम्रोसँग विकासको अनुभूति गर्न सकेका छैनन् त्यसमाथि थप १६ वटा ग्रामीण वडाहरु महानगरमा थपिएका छन । सबै भूगोलालाई समेटेर आधुनिक बीरगञ्ज शहर बनाउन कत्तिको सहज होला ?

हेर्नुस्, असहज भन्नेकुरा केही पनि छैन । हो वीरगञ्ज महानगरको ७० प्रतिशत क्षेत्र ग्रामीण इलाका हुन् । सबै क्षेत्रलाई आजको भोली नै चमत्कार गरेर विकास गर्छु भनेको छैन र त्यो हुन पनि सक्दैन । तर सबै स्थानहरुमा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक, विद्युत लगायतका आधारभूत सेवा सुबिधा पु-याईने छ । स्याटालाईट सीटीको रुपमा वीरगञ्जलाई विकास गर्न प्रारम्भिक कार्य यहीबाट थालनी हुनेछ । त्यसपछि उत्पादनका कुनै न कुनै माध्यममा जनतालाई अभ्यस्त गराउँदै रोजगारी सृजना गर्न ध्यान दिईनेछ ।

वीरगञ्ज बजारका सडकहरु ट्रान्जीट सहरमा हुनुपर्ने स्तरका छैनन् भन्ने गुनासाहरु छन् । महानगरका सडक चौडा र गुणस्तरीय बनाउने कुनै योजना छन् ?

विल्कुल छ, एसियन हाईवेमा जोडिने गरि नयाँ ६ लेनको सडक निर्माण भएको छ । वीरगञ्ज बजारको मुख्य सडक अहिले जुन अवस्थामा छ । त्यसलाई तत्कालै केही गरिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन । तर जनताले सडक बिस्तार गर्न जरुरी छ भन्ने ठाने भने उनीहरुकै सल्लाह र सहयोगमा सडक विस्तार र गुणस्तर बढाउन महानगर सधैँ तयार छ ।

महानगरको सम्पत्ति टाउन हल, जीमखाना र पौडी पोखरी केही व्यक्तिहरुले कब्जा गरेका छन् भन्ने गुनासाहरु छन्, त्यस्तो भएको हो ?

यो गलत कुरा हो, महानगरपालिकाले भाडा सम्झौता गरेर ती स्थानहरु केही समयको लागि दिइएको हो । यो काम कर्मचारीतन्त्रले महानगर चलाएको बेला भएको हो । मैले महानगरको जिम्मेवारी सम्हाले पछि कुन कुन क्षेत्रमा कस्ता करार सम्झौता भएका छन भनेर खोतल्ने प्रयास गरेको छु । निश्चित सर्तमा रहेर ती क्षेत्र भाडामा दिइएको हो । सर्तहरु कार्यन्वयन भए नभएकोबारे अध्ययन गर्दैछौँ । सर्त उल्लघंन भएको पाइए सम्झौता खारेज गर्न पनि सकिन्छ । दुरुपयोग भएको सतप्रतिशत सहि होइन । जनतालाई धेरै भन्दा धेरै फाईदा हुनेगरी महानगरको सम्पत्ति प्रयोगमा ल्याउन हामी तत्पर छौँ ।

चुनावका बेला जनताहरुसँग गरेको बाचा पूरा गर्न महानगरको जिम्मेवारी सम्हालेपछिका दिनहरुमा कुनै अप्ठेराहरु आए ?

भर्खरै मात्र जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हालेका छौँ । जनताले हामीबाट ठूलो अपेक्षा राखेका छन् । उनीहरु चाहान्छन की तुरुन्तै नतिजा देखियोस् । यो मानसिकताले गर्दा हामीलाई पनि दवाब भएको छ । तथापि हामीले महानगरबाट उपलब्ध हुनसक्नै सबै सेवा सुबिधा जनतासमक्ष पु-याउन सबै प्रयास जारी राखेका छौँ । प्रदेश सभाको निर्वाचन नहुँदासम्म कानून अभावले कयौँ कामहरु चाहेर पनि गर्न सकेका छैनौँ । ३० वटा विषयगत कामहरुको सूची पाएका छौँ तर त्यसलाई ब्यवहारमा उतार्न सुरुवाती समय नै सहज भएको छैन ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।