सिभिल बैंकले पनि गर्यो ब्याजदर परिवर्तन, कतिमा पाईन्छ ऋण ?

Oct 25, 2017 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसँगै ब्याजदर परिर्वतन गर्ने लहर सबैजसो बाणिज्य बैंकमा चल्दा सिभिल बैंकले बुधबार आफ्नो कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गरेको छ । मंगलबार ५ बाणिज्य बैंक र २ विकास बैंकले अाफ्नाे ब्याजदर परिवर्तन गरेका थिए ।  

सिभिल बैंककाे असोज मसान्तको आधार ब्याजदर ११ दशमलव ५५ प्रतिशत रहेकाे छ । बैंकले आधार दरमा न्यूनतम २ देखि अधिकतम ६.४१ प्रतिशतसम्म प्रिमियम थप गरि कर्जा परिचालन गर्ने भएको छ । त्यस्तै बैंकले साधारण बचतमा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ भने मुद्धतिमा ७ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने सूचना प्रकाशित गरेको छ ।

बैंकका अनुसार उसले साधारण बचतमा सिभिल नेपाली खातामा अधिकतम ८ दशमलव ५० प्रतिशत प्रतिशत व्याज प्रदान गर्नेछ । मेरो बचत, नारी बचत, किशोर बचत, आमाबुबा बचत, सिल्भर सेभिङ्ग, संस्थागत बचत, रेमिट बचत खातामा समान साढे ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । नयाँ बचत खातामा ८ दशमलव २५ प्रतिशत र अन्य खातामा ७ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

मुद्धति निक्षेपमा संस्थागत लगानीकर्तालाई त्रैमासिक अवधिका लागि ७ प्रतिशत र एक बर्षे अवधिका लागि ८ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ । व्यक्तिगत लगानीकर्ताका लागि तीन महिना अवधिका लागि ८ दशमलव ५० प्रतिशत, ६ महिना अवधिको ९ प्रतिशत र ९ महिना अवधिको निक्षेपमा ९ दशमलव २५ प्रतिशत र एक बर्षभन्दा बढी अवधिको निक्षेपमा १० प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस मेराेलगानी डाटा एनालिटिक्स

कर्जा परिचालन गर्दा सिभिल बैंकले आधार व्याजदरमा एक प्रतिशतदेखि ६ दशमलव ४१ प्रतिशतसम्म प्रिमियम थप गर्ने भएको छ । जस अनुसार बैंकले कर्जा प्रवाह गर्दा न्यूनतम १२ दशमलव ५५ प्रतिशतदेखि अधिकतम १७ दशमलव ९६ प्रतिशतसम्म व्याजदर कायम हुने बताएको छ ।

सरकारी ऋणपत्रमा प्रदान गरिने कर्जामा आधार ब्याजदरमा एक प्रतिशत थप प्रिमियममै कर्जा उपलब्ध गराउने बैंकले उल्लेख गरेको छ । साना तथा सझौला कर्जामा आधार दरमा ५ दशमलव ५ प्रतिशत। व्यक्तिगत सवारी कर्जा आधार मूल्यमा ५ प्रतिशत थप प्रिमियम दरमा उपलब्ध गराउने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

ओभर ड्राफ्ट कार्ड र सामूहिक जमानीमा कर्जा प्रवाह गर्दा सबैभन्दा बढी आधार ब्याजदरमा ६ दशमलव ४१ प्रतिशत थप प्रिमियम लाग्नेछ । बैंकबाट सेयरधितो कर्जा लिने लगानीकर्ताले पाँच प्रतिशत थप प्रिमियम तिर्नुपर्नेछ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।