राप्तीभेरीलाई प्राप्ति (एक्विजिसन) गरेको ज्योति विकास बैंकले कात्तिक ८ गतेबाट एकिकृत कारोबार समेत थालेको छ । एकिकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले शुभारम्भ गरे ।
ज्योति विकास बैंकले यसअघि झिमरुक विकासलाई गाभेको थियो राप्तीभेरीलाई समेत प्राप्ति गर्दा ज्योति विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड पुगेको बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वोनस शेयर वितरण गरेर राष्ट्र बैंकले तोकेको दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी पूर्याउने बताएको छ । जसका लागि बैंकले १४ करोड बराबर अर्थात ६ प्रतिशत बोनस वितरण गर्दा नै राष्ट्र बैंकले तोकेको लक्ष्य पुरा गर्ने देखिन्छ ।
गत आर्थिक वर्षमा ज्योतिले २६ करोड १८ लाख तथा राप्तीभेरीले एक करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
एकिकृत कारोबार पछि बैंकको कुल निक्षेप १२ अर्व ४० करोड, कर्जा लगानी १० अर्व ३० करोड, शाखा संख्या ४६ तथा ग्राहक संख्या १ लाख ४० हजार भन्दा बढि पुगेको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्ने जानकारी समेत गराएको छ ।
............... सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................