गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ५१ करोड ३४ लाख २१ ह्जार रुपैयाँ खुद नाफा गरेको थियो । त्यस बेला बैंकको चुक्ता पूँजी दुई अर्ब ७४ करोड २६ लाख चार हजार रुपैंया थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अहिले बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख ३५ हजार रुपैयाँ छ ।
यस आधारमा हेर्दा बैंकको चुक्ता पूँजी झण्डै तीन गुणा बढेको छ भने खुद नाफा झण्डै दुई करोडले मात्र बढेको छ । कमाईको आकार बढाउन असक्षम भएका कारण नै बैंकको प्रतिसेयर आम्दानीमा भारी मात्रामा संकुचन देखिएको हो । यसबाट के प्रष्ट हुन्छ भने हकप्रद र भारी बोनसका कारण नै कुनै कम्पनी प्रतिको लगानीकर्ताको अपेक्षा तुसारापातमा बदलिन्छ ।
अब अहिलेको चुक्ता पूँजी आठ अर्ब पुगे पछि बैंकको प्रतिसेयर आम्दानी के होला भन्ने चासो पनि लगानीकर्तामा पर्नु स्वभाविक हो । अहिलेकै तथ्यांकका आधारमा हेर्ने हो भने बैंकको पूँजी आठ अर्ब पुगे पछि प्रतिसेयर आम्दानी २६ रुपैयाँको हाराहारीमा आउने देखिन्छ । चुक्ता पूँजी आठ अर्ब पुर्याउन बैंकले अझै ३२ प्रतिशत हाराहारीमा बोनस बितरण गर्नुपर्ने हुन्छ । तर बैंकको यो अवस्था देख्दा देख्दै ३२ प्रतिशतसम्म बोनस आउँछ भन्दै उचालिएर सेयर किन्नु घातक हुन सक्छ ।
अघिल्लो आर्थिक वर्षमा बम्पर बोनस बितरण गरेका कारण बैंकको जगेडा कोषको आकार पनि खासै बढ्न सकेको छैन । गत आर्थिक वर्षको पहिलो बैमासमा बैंकको जगेडा कोषमा ६ अर्ब ३८ करोड ३० लाख एक हजार रुपैयाँ सञ्चित भएकोमा यस पटक ६ अर्ब ६७ करोड २ लाख ५३ हजार रुपैयाँ कायम भएको छ ।
यसरी जगेडा कोषमा पनि खासै परिवर्तन आउन नसक्दा बैंकको प्रतिसेयर नेटवर्थमा धेरै नकरात्मक असर परेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ तीन सय ४३ रुपैंया ३८ रुपैंया रहेकोमा यस पटक दुई सय १० रुपैंया ६५ पैसा कायम भएर लगानीकर्तालाई झट्का दिएको छ ।
निक्षेप र कर्जा परिचालनको आकार केही बढाएको बैंकको निष्कृय कर्जा अनुपात भने घटेको छ । ०.३६ बाट ०.२६ प्रतिशतमा झरेको छ । तर उसको राइट व्याकको आकार भने बढ्न नसक्दा जोखिम कोषको आकारमा कुनै सकरात्मक असर नपरेको देखिन्छ ।
निस्क्रिय कर्जा अनुपातलाई केही तल झारे पनि जोखिम कोषबाट रकम फिर्ता ल्याई नाफामा देखाउने क्रम घटेको छ । अब बैंकले धेरै कर्जा प्रवाह गर्न नसक्ने तथ्य उसको सिसिडीले देखाउँछ । ७७ प्रतिशत सिसिडी रहेका कारण व्यवशाय बिस्तारमा संकुचन आई बैंकको कमाईको आकार अब खासै बढ्न नसक्ने देखिन्छ । जसको प्रत्यक्ष नकरात्मक असर आगामी त्रैमासहरुको वित्तीय बिवरणमा पर्नेछ ।
गत आर्थिक वर्षको पहिलो त्रत्रैमासमा यस्तो थियो समाचार
एभरेष्ट बैंकले यसपटक गर्यो आकर्षक प्रगति, गत बर्षको बोनस सेयर कति आउँला ?
------------------------------------------------------------------------------------------------------------------------
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................