एभरेष्टको लिलामी सेयर नपाउनेले शुक्रबारदेखि पैसा फिर्ता पाउने

Oct 26, 2017 Merolagani

एभरेष्ट बैंक((EBL) को दोस्रो पटककाे सेयर लिलामीमा सहभागिता जनाएर सेयर प्राप्त गर्न नसक्ने  लगानीकर्ताले कात्तिक १० गते शुक्रबारदेखि पैसा फिर्ता पाउने भएका छन् ।

बैंकको सेयर विक्री प्रबन्धक एनआईबिएल क्यापिटलले विहीबार सूचना जारी गर्दे शुक्रबारदेखि क्लियरिङ्ग हाउसको आईपिएस प्रणाली मार्फत सिधै आवेदकले लिलामी अावेदन फारममा उल्लेख गरेको बैंक खातामा र्नै रकम फिर्ता गर्ने जनाएको छ । 

एभरेष्ट बैंकले असोज २० गतेदेखि २७ गतेसम्म साधारण समूहको ३५ हजार ८४१ कित्ता सेयर लिलामीमा गरेको थियो । जसको बोलपत्र असोज २९ गते खोली निष्काशनकर्ता बैंक सञ्चालक समितिले कार्तिक ७ गते बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बैंकले यसअघि भदौ २५ गतेदेखि साधारण समूहको २ लाख ५३ हजार ७९७ कित्ता सेयर लिलामी ल्याएपनि ३५ हजार ८४१ कित्ता विक्री नभएपछि पुनः लिलामीमा ल्याएको थियो ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रतिवेदन अनुसार चुक्ता पुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ रहेको एभरेष्टकाे  ५३ करोड १४ लाख ७४ हजार रुपैयाँ मात्र खुद नाफा कमाउँदा प्रतिसेयर आम्दानी ३५ रुपैयाँ २२ पैसामा खुम्चिएको छ । बैंकको सेयरमूल्य प्रतिकित्ता रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।