मुक्तिनाथले साधारण बचत, समाजिक सूरक्षा बचत तथा अन्य माइक्राे सेभिङ्गमा समान न्यूनतम साढे ६ प्रतिशत देखि मुक्तिनाथ सुपर प्रिमियम बचतमा अधिकतम ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ । त्यस्तै तीन महिना अवधिको मुद्दति निक्षेपमा ९ प्रतिशत र एक बर्षभन्दा बढी समयमा साढे १० प्रतिशतसम्म व्याज प्रदान गर्ने जनाएको छ ।
बैंकको प्रबाह गर्ने कर्जाको ब्याजदरतर्फ मुद्धति निक्षेपको धितोमा सबैभन्दा कम कुपन रेटमा २ प्रतिशत प्रिमियम थप वा आधार ब्याजदर जुन बढी हुन्छ त्यहि दरमा नै कर्जा प्रबाह गर्ने उल्लेख गरेको छ । यस बैंकबाट लघुवित्त संस्थाहरुलाई प्रदान गरिने कर्जाको व्याजदर आधार ब्याजदरमा ७ प्रतिशत बढी प्रिमियम थप अर्थात साढे १८ प्रतिशत रहेको छ ।
हाल बैंकले आधार व्याजदरमा ५ प्रतिशत थप प्रिमियम शूल्क लिएर सेयर कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले व्यापारिक कर्जा, घर कर्जा, सवारी कर्जा, हायरपर्चेज कर्जा, मुक्तिनाथ सुलभ व्यवसाय कर्जा, कञ्जुमर लोन, र थोक कर्जा प्रबाह गर्ने लघुवित्त (माईक्रोक्रेडिट होलसेलर) कम्पनीलाई समेत आधार ब्याजदरमा थप ५ प्रतिशतसम्म प्रिमियम जोडेर साढे १६ प्रतिशत ब्याजदरमा कर्जा प्रबाह गर्ने जनाएको छ ।
बैंकद्धारा प्रबाह हुने सुन कर्जा र लघुवित्त (रिटेलर) कम्पनीहरुमा प्रबाहित हुने कर्जाका ग्राहकले भने आधार ब्याजदरमा ७ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्ने मुक्तिनाथ बैंकले जनाएको छ ।
यसअघि अन्य दुई विकास बैंक र ६ बाणिज्य बैंकले समेत प्रथम त्रैमासिक अवधिको समाप्तीसँगै व्याजदर परिवर्तन गरिसकेका छन् ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................