प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत बोनस पारित गर्न मंसिर १ गते डाक्यो साधारणसभा

Oct 27, 2017 Merolagani

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (PICL) ले प्रस्ताव गरेको २० प्रतिशत बोनस पारित गर्न मंसिर १ गते होटल इच्छा सिमरामा १६ औं बार्षिक साधारण सभा डाकेको छ । इन्स्योरेन्स सञ्चालक समितिको गत असोज ६ गते शुक्रबार सम्पन्न १७२ औं बैठकले सो लाभांस प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोेजनका लागि कम्पनीले कात्तिक १७ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार कात्तिक १६ गते बिहीबारसम्ममा सेयर खरिद गरेका लगानीकर्ताले कम्पनीको बोनस प्राप्त गर्नेछन् । 

प्रुडेन्सियलले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने आठ करोड ५५ लाख ३६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । कम्पनीले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत बराबरको ४५ लाख एक हजार ८९५ रुपैयाँ नगद लाभांश प्रस्ताव पनि साधारण सभाबाट पारित गर्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

बोनस वितरणपछि कम्पनीको चुक्क्ता पूँजी ५१ करोड ३२ लाख १६ हजार रूपैयाँ पुग्नेछ । इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उता प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ४२ करोड ७६ लाख ८० हजार रुपैयाँको ३० प्रतिशत बराबरको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त हकप्रद स्वीकृत भएको खण्डमा कम्पनीको चुक्ता पूँजी ६४ करोड १५ लाख २० हजार रुपैंयाँ पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुरूप कम्पनीले २०७५ असार मसान्तमा एक अर्ब पूँजी कायम गर्नुपर्नेछ । कम्पनीकाे सेयर कात्तिक ८ गते प्रतिकित्ता १४८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।