कम्पनीको आम्दानी २४.५४ प्रतिशतले बढेर एक अर्ब २६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी १६ करोड २० लाख ५९ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा १४ करोड दुई लाख १६ हजार रुपैयाँ घाटामा जगेडा रहेको कम्पनीले गत बर्ष १४ करोड पाँच लाख ५५ हजार रुपैयाँ सञ्चित गर्न सकेको देखिन्छ ।
कम्पनीसँग हाल तीन अर्ब दुई करोड ७८ लाख रुपैयाँ सम्पत्ति रहेको छ । गतबर्षको यसै अवधिको तुलनामा कम्पनीको कुल सम्पत्ति ३.३७ प्रतिशतले मात्र बढेको छ । उसको एक अर्ब रुपैयाँको कुल दायित्व रहेको छ । कम्पनीको नोक्सानी व्यवस्था अघिल्लो आवमा १५ करोड ८८ लाख रहेकोमा गत बर्ष बढेर १७ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, नेटवर्थ ११४ रुपैयाँ चार पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव ५४ गुणा बढी रहेको छ ।
कहिले हाेला नियमन ?
प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत्त, होटल्स जस्ता कम्पनीहरुलाई कडा नियमन गर्नुपर्ने आवश्यकता बढ्दै गएको देखिन्छ । यस्ता कम्पनीहरुले वित्तिय विवरण समेत निश्चित समयमा निकाल्ने गरेका छैनन् भने कतिपय कम्पनीले प्रकाशित नै गर्ने नगरेको पाईन्छ ।
यसमा धितोपत्र बोर्डजस्ता नियामक निकायले कडाई गर्नुपर्ने देखिन्छ । सम्बन्धित कम्पनीका सेयरधनीले यस्ता कम्पनीहरुको जानकारी तथा सूचना समयमा प्राप्त गर्न नसक्ने अवस्था हाल विद्यमान रहेको छ । यसबाट लगानीकर्ता थप पीडित बन्ने गरेका छन् । यसमा सम्बन्धित सबै सराेकारवाला निकायकाे ध्यान पुग्न अावश्यक छ ।
................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................