सोल्टी होटलले मंसिर २८ गते बोलाएको साधारणसभामा यस्ता छन् प्रस्ताव

Oct 27, 2017 Merolagani

सोल्टी होटल (SHL) ले मंसिर २८ गते आर्मी अफिर्सस क्लब सुन्धारामा ४३ औं साधारण सभा आह्वान गरेको छ । सभामा गत बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस तथा ६.०५ प्रतिशत नगद लाभांश वितरण वितरण गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि होटलले मंसिर ४ देखि २८ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।

यसअनुसार मंसिर ३ गते बुधबारसम्म कायम सेयधनीले प्रस्तावित बोनस प्राप्त गर्नेछन् ।

५७ करोड ९१ लाख ८१ हजार तीन सय रुपैंया चुक्ता पूँजी रहेको होटलको ११ करोड ५८ लाख ३६ हजार रुपैयाँको बोनस बितरण पश्चात चुक्ता पूँजी ६६ करोड ६० लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

 

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

साथै कम्पनीले डिम्याट प्रमाणिकरण गर्न पेण्डिङमा रहेका सेयरको डिआरएन लेटर यथाशिध्र कम्पनीको कार्यालयमा उपलब्ध गराउन भनेको छ । कम्पनीले गत आवमा १८ करोड२९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीहरुको नियमनकारी निकाय नभएका कारण सञ्चालक समितिले गरेको निर्णय नै अन्तिम निर्णय सरह हुँदै आएको छ । जसका कारण नियमकले कम्पनीहरुको प्रस्तावका सम्बन्धमा कुनै निर्णय वा निगरानी गर्न सक्ने अवस्था छैन ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।