समयमा साधारण सभा नगर्ने कम्पनीको सूचिकरण खारेज गर्छौँ - चन्द्रसिंह साउद, प्रमुख कार्यकारी, नेप्से

Oct 27, 2017 Merolagani

नेपालको एक मात्र स्टक एक्सचेञ्ज, नेपाल स्टक एक्सचेञ्जले भर्खरै नयाँ नेतृत्व पाएको छ । लामो समयसम्म बीमा क्षेत्रमा काम गरेका चन्द्रसिंह साउद नेप्सेको प्रमुख कार्यकारी नियुक्त भएपछि पूँजी बजार विकासमा सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने योजनामा छन् । अनलाइन कारोबारदेखि देशका कुनाकाप्चामा सेयर बजार बिस्तार गर्ने योजना बनाएका साउदसँग मेरोलगानीका परमेश्वर अधिकारीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

नेप्सेको नेतृत्वमा आए पछिको अनुभव कस्तो रह्यो ?

पहिले पनि काम गरेर नै यहाँसम्म आएको हुनाले अनुभवमा खासै नयाँपन छैन । प्रशासनिक विषय बाहेकका विषयमा भने केही नयाँपन त अवश्य छ । पहिले बीमा कम्पनीमा बढी समय बिताएकाले यहाँ बीमा कम्पनीका विषय पनि सामान्य छन् । तर सबै क्षेत्रको बारेमा एक स्थानबाट निर्णयका साथै काम गर्नु पर्दा दायरा केही बढेको अनुभव भएको छ ।

नेप्सेका साथै समग्र बजार विकासका लागि के के योजना बनाउनु भएको छ ?

सबैभन्दा पहिले कुनै पनि विकासको काम एक झट्कामा सम्पन्न हुँदैन भन्ने बुझ्न जरुरी छ । यसलाई प्रकृयाले पुर्णता दिने हो । मैले अनलाइन कारोबार प्रणालीलाई पहिलो प्राथमिकतामा राखेको छु । नेप्सेको व्यवशायिक योजनामा यो विषय पहिलो प्राथमिकतामा छ । लामो समय नेप्सेमा नेतृत्व नहुँदा यो काम केही प्रभावित भएको होला । तर अब छिट्टै नतिजा आउँछ ।

दोस्रो विषय मार्जिन लेण्डिङको हो । यो अहिलेको टडकारो आवश्यक्ता हो । धितोपत्र बोर्डले कार्यविधिलाई अन्तिम रुप दिए लगत्तै यसको सुरुवात हुन्छ ।

तेस्रोमा राजधानी केन्द्रित सेयर बजारलाई मोफसलका सबै भाग र क्षेत्रमा पुर्याउने योजना छ । गैर आवासिय नेपालीलाई बजारमा भित्र्याउनु पर्ने लगानीकर्ताको माग उपर हामी कार्वाही थाल्छौं ।

योसँगै मुलुक संघीयतामा गएको अवस्थामा नेप्सेको पुनरसंरचनाको काम अघि बढ्छ । सात प्रदेशमा नै नेप्सेको उपस्थिती हुन्छ । नेप्सेका नियम कानुन पुरानो भएको सन्दर्भमा समयसापेक्ष रुपमा परिमार्जन तथा संसोधन पनि गराउँछौं ।

तपाईका योजनाको कार्यान्वायनका लागि के गर्दै हुनुहुन्छ ?

पहिलो कुरा अनलाइनको हो । यसका लागि नियुक्त भएको भेण्डर कम्पनीतर्फका बाँकी रहेका प्रकृया पुरा गराउने काम अन्तिम अवस्थामा छ । यस अघि तोकिएको मितिमा नसकिए पनि केही समय पछि अनलाइनको परीक्षण सुरु हुन्छ । त्यसै गरी मार्जिन लेण्डिङ कार्यान्वायनमा ल्याउन कार्यविधि बनाउन हामी धितोपत्र बोर्डलाई सघाई रहेका छौं । यसको अन्तिम नतिजा केही दिनमा नै आउँछ । सेयर बजारलाई देशव्यापी बनाउने कुरामा हामी देशव्यापी सचेतनामुलक कार्यक्रम सुरु गर्दैछौं । सम्बन्धित पक्षहरुसँग मिलेर जे गर्दा सबैको पहुँचमा बजार पुग्छ, त्यो काम गर्न अग्रसर हुनेछौं । गैर आवासिय नेपालीलाई बजार भित्र्याउने सम्बन्धमा हालै चयन भएको संघको नेतृत्वसँग छलफल गरेर सबै समस्याहरु फुकाउने कामको थालनी गरिनेछ ।

गैर आवासीय नेपालीलाई बजार भित्र्याउन प्रतिफल लैजान नमिल्ने कुराले प्रभावित पार्छ होला नि ?

यसमा हामीले निर्णय गर्न मिल्दैन । सरकारले आवश्यक व्यवस्था मिलाउने हो । धितोपत्र बोर्डले हामीसँगै सरकारसँग यस सम्बन्धमा घनिभूत छलफल चलाएको छ । कतिसम्म लगानी गर्न पाउने, आफ्नो प्रतिफल कसरी नेपालबाट लैजान सक्ने लगायतका मोडालिटि सहितको ऐन कानुन बनाउने तयारी भएको जानकारी छ । यो व्यवस्था बनेपछि हामीले त्यसका आधारहरु तयार गर्ने हो ।

मार्जिन लेण्डिङ कहिलेबाट सुरु होला भन्न सक्ने अवस्थामा छ ?

धितोपत्र बोर्ड सञ्चालक समितिको आगामी बैठकले यस सम्बन्धमा आवश्यक निर्णय गरे पछि कार्यविधिको टुंगो लाग्छ । त्यस पछि धेरै समय पर्खनु पर्दैन ।

बजारलाई कसरी देशव्यापी बनाउने योजना छ ?

अहिले कार्यक्षेत्र बनाएका स्थानमा सञ्चालन गर्न नपाउने गरी ब्रोकर थप्ने वा अझै रिमोट वर्क स्टेशन बिस्तार गर्ने वा ब्रोकरहरुको सव एजेण्ट बनाएर उनीहरुलाई सक्रिय बनाउने वा बैंकहरुलाई सहभागि गराउने भन्नेमा अब व्यापक छलफल चल्छ । अहिले नै यो मोडालिटीमा अघि बढ्ने भन्नु ठीक नहोला । तर अहिले एक स्थानीय तहमा एक वाणिज्य बैंक अनिवार्य गरिएको सन्दर्भमा प्राथमिक बजारको पहुँच आस्बाले पुर्याउने निश्चित छ । यहीँबाट दोस्रो बजारलाई कसरी जोड्न सकिन्छ भन्ने विकल्पमा पनि हामीले छलफल सुरु गरेका छौं । सबै पक्षको सल्लाह र सहयोगले निकट भविष्यमा नै एउटा नतिजामा पुगिन्छ । केही समय त अवश्य लाग्छ ।

तपाईले यस्तो भन्दै गर्दा हकप्रद भर्न अझै समस्या छ । सेयर लिलाम के हो भनेर राजधानी बाहिरका लगानीकर्ताले देख्न पनि पाएका छैनन् नि ?

सेयर बजारका नयाँ उत्पादन ल्याउने सम्बन्धमा हामी प्रतिबद्ध छौं । हकप्रदको विषयमा आस्वाबाट नै आवेदन गर्न सकिने व्यवस्था बनाउने सम्बन्धमा छलफल अघि बढिसकेको छ । हकप्रद रिनाउनको प्रकृयालाई चुस्त बनाउनेमा पनि काम अघि बढ्छ । सेयर लिलामी प्रकृयालाई हामीले नेप्सेको अहिलेको दोस्रो बजारको मोडलमा नै मोलमोलाईमा किनबेच गर्न सकिने बनाउन सक्छौं । अहिलेको जसरी नै नेप्सेको टर्मिनलबाट लिलामको सेयर कारोबार हुने भए पछि अहिलेको लिलाम प्रकृयाका सबै झमेलाको अन्त्य हुन्छ । अर्कातिर सरकारी राजश्व बढनुका साथै नेप्सेको आम्दानी पनि बढ्ने भएकाले यो काम पनि अघि बढाउँछौं । जसले गर्दा लिलामको सेयर देशको कुनाकाप्चाका लगानीकर्ताले सहजै किन्न पाउँछन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

तपाईले भने जसरी काम गर्न सम्बन्धित सबै पक्षले सहयोग गर्छन भन्नेमा कति विश्वस्त हुनुहुन्छ ?

म नेप्सेमा आए लगत्तै पूँजी बजार विकासका लागि समन्वयकारी भुमिका निर्वाह होस भनेर केही निकायमा छलफल गरें । सबैभन्दा पहिला त हाम्रो नियमक धितोपत्र बोर्डको कुरा रह्यो, बोर्डले बजारको विकासका लागि नेप्सेलाई के सहयोग गर्नु पर्छ त्यो गर्न तयार रहेको प्रतिबद्धता जनाई सकेको छ । सरकारको भुमिका महत्वपुर्ण रहने कुरामा दुई मत छैन । जहाँबाट बजारका सम्बन्धमा निर्णयहरु हुने हो, त्यहाँबाट हामीले गर्नु पर्ने कामका सम्बन्धमा सुझाव आईसकेको छ। हामीले पनि आफ्ना कामहरुको बारेमा जानकारी गराएका छौं । वहाँहरु एकदमै सकरात्मक हुनुहुन्छ । हामी पनि बजारको विकासमा नियमनकारी तथा समन्यवकारी निकायबाट सहयोग पाउनेमा आशावादी छौं ।

नागरिक लगानी कोषलाई बजार निर्माताको जिम्मेवारी दिने कुरा अहिले सेलायो, अब के गर्नु हुन्छ ?

यो बजेटमा उठान भएको विषय हो । नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई बजार निर्माता बनाउने सरकारी योजना अनुरुप नागरिक लगानी कोषका प्रमुख कार्यकारीसँग एक चरणको छलफल भैसक्यो । वहाँहरु सकरात्मक हुनुहुन्छ । कर्मचारी सञ्चयकोषमा पनि छलफल चलाएर समस्याका विषयको पहिचान गरी त्यसलाई कार्वान्वायनमा लैजानेतर्फ काम अघि बढ्छ । यसमा ढुक्क हुन आग्रह गर्छु ।

समयमा वित्तीय विबरण ननिकाल्ने अनि साधारण सभा पनि समयमा नगर्ने सुचिकृत कम्पनीहरुलाई यत्तिकै छाडिदिने हो ?

यसमा पनि हामीले सुक्ष्म निगरानी सुरु गरेका छौं । त्यस्ता कम्पनीलाई समयमा विबरण सार्वजनिक गर्न र साधारण सभा गर्न अब नेप्सेले चेतावनी दिन्छ । त्यो चेतावनीलाई वेवास्ता गर्ने कम्पनीको सूचिकरण खारेज गर्ने प्रकृयामा जान्छौं । लगानीकर्ताको सम्पत्ति बन्धक बनाउन कुनै कम्पनीलाई अधिकार नभएकाले यो कुरामा हामी कडाईका साथ काम गर्ने मनस्थितीमा छौं ।

इन्भेष्टमेण्ट कम्पनीको अध्यक्ष हुनुहुन्थ्यो, यसले अब तपाईलाई विवादमा पार्दैन ?

एकदम सही कुरा । म त्यो कम्पनीमा प्रवद्र्धकको हैसियतमा थिइन । बीमा कम्पनीबाट बाहिर निस्किए पछिको खाली समयमा मैले जागिर खान नपाउने ? जस्तो हल्ला अहिले चलाइएको छ, त्यो विलकुल गलत हो । र नेप्सेको नेतृत्व चयन प्रकृयाले पूर्णता पाए लगत्तै म त्यो कम्पनीमा कुनै पनि भुमिकामा नरहने गरी बाहिरिएको कुरा मेरोलगानी मार्फत आम लगानीकर्ता अनि सम्बद्ध पक्षलाई जानकारी गराउन चाहन्छु । अब मेरो प्राथमिकता नेप्से अनि नेपालको पूँजी बजार हो ।

 

अहिलेको बजारलाई कसरी हेर्नु भएको छ ?

घटबढको चक्र चलिरहने भएकाले नै सेयर बजार भनिएको हो । अहिले केही सुस्त भएको देखिएको छ । तर यसका कारणहरु यस्तै हुन् भनेर भन्न सकिन्न । तर अहिले बैंकहरुको व्याजदर क्रमिक रुपमा घट्नु, फेष्टिभ मुड अब सकिँदै जानु लगायत कारणले बजारमा सम्भावना अझै छ । सुचिकृत कम्पनीहरुको प्रगति हेर्दा पनि निराशाजनक अवस्था देखिन्न । बजार विकासको क्रमसँगै बजारले राम्रो गति लिनेमा म आशावादी छु । लगानीकर्ता पनि हतोत्साहित हुनु पर्ने अवस्था देख्दिन ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।