सार्वजनिक विदाको दिन पनि वित्तीय संस्था र अत्यावश्यक सेवाप्रदायक कम्पनी खुला राख्न चेम्बरको माग

Oct 27, 2017 merolagani

नेपाल चेम्बर अफ कमर्शले सार्वजनिक विदाको दिनमा पनि बैंक तथा वित्तीय संस्थाका साथै अत्यावश्यक सेवाप्रदायक कम्पनी खुला राख्न सरकारको ध्यानकर्षण गराएको छ । चेम्बरले सरकारले अनावश्यक रुपमा सार्वजनिक विदा घोषणा गरेर व्यवसाय गर्ने वातावरण विगारेको ठहर समेत गरेको छ ।



नेपाल चेम्बर अफ कमर्शले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ–‘व्यापार घाटाले मुलुक आक्रान्त वनेको छ भने सरकारी कामका सेवाग्राही पीडित भएका छन् ।’ ‘संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको छ’

छठ पर्वको नाममा सरकारले २ दिन सार्वजनिक विदा दिएपछि चेम्बरले सरकारको आलोचना गर्दै प्रेस विज्ञप्ती जारी गरेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

‘नेपाल धेरै जातजाति, भाषा, धर्म, संस्कृतिको बसोबास भएको देश हो । हामी नेपालीहरुका धेरै परम्परा, जात्रा पर्वहरु पनि छन् । यहाँंका चाँंडपर्व उल्लासमय रुपमा मनाउनु अत्यन्त सकारात्मक पक्ष हो’ चेम्बर अफ कमर्शले जारी गरको विज्ञप्तीमा भनिएको छ–‘तर यसप्रकार विदाहरु दिंदा आर्थिक एवं वित्तीय संस्थाहरुमा सुचारु रुपले सञ्चालन हुनुपर्छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ  ।

 

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।