गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद आइतबारदेखि खुल्ने

Oct 28, 2017 merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड (GMFIL) ले यही कात्तिक १२ गते आइतबार देखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । फाइनान्सले ४० प्रतितशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री गर्न लागेको हो ।



गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
शेयरधनीहरुले एनआईबिएल क्यापिटलका साथमा गुहेश्वरी मर्चेन्टका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका चिप्लेढुङ्गा पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा मंसिर १८ गतेसम्म आवेदन गर्न पाइनेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।

असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । फाइनान्स सञ्चालक समितिले हकप्रद प्रयोजनका लागि असोज २७ गते सेयरधनी किताब बन्द गरेको थियो ।

 

-----------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।