लौ हेर्नुहोस्, सानिमा बैंकले पहिलो त्रैमासमा के गर्यो ?

Oct 29, 2017 Merolagani

पूँजी अचाक्ली बढाउनु परेका कारण बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विबरणलाई तुलना गर्दा धेरै अन्तर देखिन्छ । यसै क्रममा सानिमा बैंक (SANIMA) ले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाईको आकार बढ्दा पनि प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको वित्तीय बिवरण निकालेको छ ।

बैंकले असोज महिनाको अन्त्यसम्ममा ३४ करोड ४४ लाख ५७ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २७ करोड १६ लाख २२ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा सवा ७ करोड रुपैंयाले बढेको हो । बैंकको खुद नाफामा देखिएको यो वृद्धि २१.१४ प्रतिशत हो ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउँदा बैंकको प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको देखिएको छ । बैंकले अहिले कमाएको खुद नाफाका आधारमा प्रतिसेयर आम्दानी १७ रुपैंया २२ पैसा हुन आउँछ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैंया ५८ पैसा कायम भएको थियो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब २७ करोड ८९ लाख ९७ हजार रुपैंयाबाट बढेर ८ अर्ब १२ लाख ५५ हजार रुपैंया पुगेको छ । यसको जगेडा कोषको आकार समीक्षा अवधिमा १ अर्ब १ करोड ५६ लाख ४७ हजार रुपैंयाबाट बढेर १ अर्ब ४० करोड ४० लाख ३५ हजार रुपैंया पुगेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

निक्षेप तथा कर्जाको आकार बढाएर व्याज आम्दानीमा राम्रो सुधार गरेको बैंकको निष्कृय कर्जाको आकार भने बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ०.०५ प्रतिशत रहेको निष्कउ कर्जा अनुपात अहिले ०.१४ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ ११७ रुपैंया २५ पैसा तथा मूल्य आम्दानी अनुपात २०.७६ गुणाले बढी छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।