सनराइज बैंकको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन

Oct 29, 2017 Merolagani

सनराईज बैंक (SRBL) को १५ प्रतिशत बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन रहेको छ । बैंकले सोमबार सेयरधनी किताब बन्द गर्ने भएकाले आजसम्म सेयर किनेका तथा साबिकमा कायम रहेका सेयरधनीले बैंकको बोनस प्राप्त गर्नेछन् ।

बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस लिलामी सकार्ने लगानीकर्ताले पनि पाउनेछन् । तर बैंकले कर तिर्न नगद लाभांश प्रस्ताव नगरेकाले बोनसमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्नेछ ।

सनराईजले कात्तिक ३० गते अमृतभोग क्याटरर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ बजेदेखि १० औं वार्षिक साधारण सभा बोलाएको छ । सभामा बोनसका साथै संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, र संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दा सीमा नाघेको १३ लाख ९६ हजार ४०९ रुपैयाँ अनुमोदन प्रस्ताव रहेको छ ।

यसैगरि गत वर्षको नाफाबाट १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने व्यवस्था पारित गर्ने लगायतका रहेका छन् ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सनराईजको १५ प्रतिशत ( १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ) बोनसपछि ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ ।

गत आवमा सनराईजले एक अर्ब १६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ । बैंकको सेयर अन्तिम पटक प्रतिकित्ता ३४२ रुपैयाँमा कारोबार भएको छ ।

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।