एसबिआई बैंकले कति प्रस्ताव गर्यो लाभांस ?

Oct 29, 2017 Merolagani

नेपाल एसबिआई बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजी आठ अर्ब नाघ्ने गरी बोनस तथा कर प्रयोजनका लागि नगद लाभांस प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको १५.४२ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरिएको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रुपैंया छ ।

प्रस्तावित बोनस राष्ट्र बैंकबाट पारित भई साधारण सभाले अनुमोदन गर्नु पर्नेछ । तत्पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ५ करोड रुपैंया नाघ्नेछ । 

बैंकले प्रस्तावित बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्लो आर्थिक वर्षमा २८ प्रतिशत बोनस बितरण गरेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुग्ने गरी मात्र बोनस बितरण गर्न लागेको हो ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

 

गत आर्थिक वर्षमा १ अर्ब ५२ करोड ३८ लाख रुपैंया खुद नाफा कमाएर ३० रुपैंया ६२ पैसा प्रतिसेयर आम्दानी बनाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले पूँजी वृद्धिको अनुपातमा कमाई बढाउन नसके प्रस्तावित बोनस पूँजीकरण गर्दा प्रतिसेयर आम्दानी सन्तुलन गर्न नसक्ने देखिन्छ ।

------------------------------------------------------------------------------------------------------------------------

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।