स्वदेशी लघुवित्त र ओरियण्टल होटलको सेयरमूल्य समायोजन

Oct 29, 2017 Merolagani

स्वदेशी लघुवित्त (SDESI) र ओरियण्टल होटल (OHL) को सेयरमूल्य आईतबार नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ । दुबै कम्पनीले गत अार्थिक बर्षमा वितरण गरेका बाेनसपछि सेयरमूल्य समायाेजन भएकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जले स्वदेशी लघुवित्तको १५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन गरेको हो । स्वदेशीको बोनसपछि ३१० रुपैयाँ समायोजित सेयरमूल्य कायम भएको छ । कम्पनीको औसत आधारमूल्य २०५ रुपैयाँ रहेको छ ।

स्वदेशी लघुवित्तले गत आर्थिक वर्षमा दुई करोड ३९ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३२ रुपैंया ४८ पैसा कायम गरेको थियो । तीन लाख कित्ता आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता चुक्ता पूँजी सात करोड रुपैंयाबाट बढेर १० करोड रुपैयाँ पुगेको छ । लघुवित्तको १५ प्रतिशत बोनपछि चुक्ता पूँजी ११ करोड ५० लाख पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

उता ओरियण्टल होटलले वितरण गरेको १८ प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा कम्पनीको सेयरमूल्य ७५४ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । कम्पनीको औसत आधारमूलय ६१७ रुपैयाँ रहेको छ ।

ओरियण्टल होटल्स् लिमिटेडले गत आवमा २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५५ पैसा कायम गरेको छ । 

हाेटलले कात्तिक २३ गते नेपाल प्रशासनिक प्रशिक्षण केन्द्र, जावलाखेलमा ११ बजेदेखि वार्षिक साधारण सभा बोलाएको छ । जसमा १८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ६.२१ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ । त्यस्तै १८ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ६.२१ प्रतिशत नगद लाभांस समेत छ ।

होटलको बोनस कातिक ८ गतेसम्म कायम रहेका सेयरधनीले पाउनेछन् । होटलको हालको चुक्ता पूँजी ७९ करोड १७ लाख रूपैयाँ छ । प्रस्ताव गरिएको बोनस शेयर वितरणपछि चुक्ता पूँजी ९३ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

  

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।